पल प्रकरणबारे रेखा : छोरीका निम्ति अनुकुल समाज बनाउन नियम फेरिनुपर्छ
काठमाडाैं । नाबालिग गायिकालाई जबरजस्ती करणी गरेको अभियोगमा नायक पल शाह तनहु प्रहरीको हिरासतमा छन् ।
पल प्रकरणमा यतिबेला पक्ष विपक्षमा सामाजिक सञ्जाल तातिरहेको छ । सर्वसाधरणदेखि विशिष्ट व्यक्तित्वहरूले पल प्रकरणको विषयमा आ-आफ्नो धारणा पोखिरहेका छन् । यस विषयमा नायक नायिकाहरूले पनि विचार सामाजिक सञ्जालमा पोष्ट गरिरहेका छन् ।
नायिका रेखा थापाले पनि केही दिन अगाडि पीडित बालिकाको पक्षमा खडा भएर एक पोष्ट गरेकी थिइन् । फेरी आजै मात्र उनले अर्को पोष्ट लेखेकी छिन् । उनले आगामी दिनमा छोरीको निम्ती अनुकुल समाज बनाउन नियम फेरिनु पर्ने बताएकी छिन् । त्यसको लागि चाहे जति सुकै जटिल किन नहोस् भन्ने अभिव्यक्ति दिएकी छिन् ।
उनले लेखेकी छिन्, ‘छोरी वा महिला बन्ने तालिमको आदर्श समाज बाट लिइन्छ । समाज एउटा अलिखित नियम हो । समाज एउटा कानुन बन्दछ । हरेक ब्यक्ती भित्र रहेको मान्यताले वा अपेक्षा ले नजानिदो प्रकारले प्रभाव दिने क्रम जारी छ। आज महिलाको जीवन पूर्ण स्वतन्त्रता र समानतामा ल्याइ पुर्याउन स्समाजका नियम बाधक हुन्छन । जसरी दलित बनाइन्छन, जसरी गरीब र अभागी बनाइन्छन् मान्छे ।
यो त्यस्तो प्रकृया हो जहाँ दन्डित गर्ने पिडक भेटिदैन तर सोच र मान्यताको रुपमा अनबरत चली राख्छ सामाजिक निर्देश बनेर । आगामी दिनमा छोरीको निम्ति अनुकुल समाज बनाउन यिनै तालिम र नियम फेरिनु पर्नेछ चाहे जती सुकै जटिल किन नहोस् ।’
ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने


प्रतिक्रिया