मतभेदबारे प्रचण्डसँग छलफल भइरहेको छ, अतिरञ्जित ढंगले नबुझौँ : नारायणकाजी श्रेष्ठ
काठमाडौ । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र आफूबीचको सम्बन्धलाई लिएर अतिरञ्जित ढंगले नबुझ्न आग्रह गरेका छन् ।
बिहीबार सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै श्रेष्ठले मतभेद र अन्तर्विरोधबारे अध्यक्ष प्रचण्ड र अन्य नेताहरूसँग छलफल जारी रहेको बताएको उल्लेख गरेका छन् ।
‘हाम्रो पार्टीभित्र देखिएको मतभेद र अन्तर्विरोधलाई लिएर विभिन्न सञ्चार माध्यममार्फत विभिन्न ढङ्गले प्रचार भइरहेको सम्बन्धमा बिषयलाई अतिरञ्जित ढङगले नबुझ्न सबैसँग अनुरोध गर्दछु’, श्रेष्ठले भने, ‘अध्यक्ष कमेरड प्रचण्ड र मेरो बीचमा छलफल जारी छ र अन्य नेतृत्वदायी कमरेडहरुसँग पनि छलफल भइरहेको छ ।’
प्रतिनिधि सभा बैठकबाट आइतबार अमेरिकी सहयोग परियोजना एमसिसी सम्झौता पारित भएपछि उनी प्रचण्डसँग असन्तुष्ट रहेको विभिन्न सञ्चारमा माध्यमा आएपछि त्यसबारे श्रेष्ठले मुख खोलेका हुन् ।
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया