मतभेदबारे प्रचण्डसँग छलफल भइरहेको छ, अतिरञ्जित ढंगले नबुझौँ : नारायणकाजी श्रेष्ठ
काठमाडौ । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र आफूबीचको सम्बन्धलाई लिएर अतिरञ्जित ढंगले नबुझ्न आग्रह गरेका छन् ।
बिहीबार सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै श्रेष्ठले मतभेद र अन्तर्विरोधबारे अध्यक्ष प्रचण्ड र अन्य नेताहरूसँग छलफल जारी रहेको बताएको उल्लेख गरेका छन् ।
‘हाम्रो पार्टीभित्र देखिएको मतभेद र अन्तर्विरोधलाई लिएर विभिन्न सञ्चार माध्यममार्फत विभिन्न ढङ्गले प्रचार भइरहेको सम्बन्धमा बिषयलाई अतिरञ्जित ढङगले नबुझ्न सबैसँग अनुरोध गर्दछु’, श्रेष्ठले भने, ‘अध्यक्ष कमेरड प्रचण्ड र मेरो बीचमा छलफल जारी छ र अन्य नेतृत्वदायी कमरेडहरुसँग पनि छलफल भइरहेको छ ।’
प्रतिनिधि सभा बैठकबाट आइतबार अमेरिकी सहयोग परियोजना एमसिसी सम्झौता पारित भएपछि उनी प्रचण्डसँग असन्तुष्ट रहेको विभिन्न सञ्चारमा माध्यमा आएपछि त्यसबारे श्रेष्ठले मुख खोलेका हुन् ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया