फ्रान्सले गर्यो आफ्ना नागरिकलाई रुस छोड्न आग्रह
एएफपी । फ्रान्सले बिहीबार आफ्ना नागरिकहरूलाई युक्रेनमा मस्कोको आक्रमण रुस र युरोपेली संघबीचको हवाई क्षेत्र बन्द गरेपछि उनीहरूको उपस्थिति आवश्यक नभएको खण्डमा रसिया छोड्न कडा आग्रह गरेको छ ।
“रुसले युक्रेनमा गरेको आक्रमण र अन्तर्राष्ट्रिय प्रतिबन्ध लगाएको सन्दर्भमा हामीले आफ्नो सतर्कता बढाउनुपर्छ,“ विदेश मन्त्रालयले आफ्नो वेबसाइटमा लेखेको छ ।
मन्त्रालयले फ्रान्सेली नागरिकहरूलाई रुसमा रहेको आफ्नो दूतावासको वेबसाइटमा फ्रान्सको लागि “अप्रत्यक्ष“ उडानहरूको “गैर–विस्तृत“ सूचीको लागि इयु सदस्य राष्ट्रहरूले रुसी विमान र सेवाहरूको लागि आफ्नो एयरस्पेस बन्द गरेपछि फ्रान्सले सो आग्रह गरेको छ ।
त्यहाँ धेरै कम उडानहरू रहेका र जो मानिसहरूसँग रुसमा रहन बिल्कुल आवश्यक कारण छैन उनीहरूले छोड्ने छनोट गर्नुपर्ने विदेश मन्त्रालयका प्रवक्ताले भनेका छन् । फ्रान्सेली सरकारले आफ्ना नागरिकहरूलाई रुसको कुनै पनि यात्रा स्थगित गर्न आग्रह गरेको छ ।
रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले छिमेकी मुलुक युक्रेनमाथि गत फेब्रुअरी २४ देखि सैन्य आक्रमण शुरु भएको घोषणा गरेका थिए । टेलिभिजनबाट प्रत्यक्ष सम्बोधन गर्दै राष्ट्रपति पुटिनले युक्रेनको पूर्वीक्षेत्रमा आक्रमण केन्द्रित गरिएको र त्यो रुसको आत्मरक्षाका लागि भएको दाबी गरेका थिए । तर रुसी सेनाले राजधानी किभलगायत अन्य विभिन्न स्थानमा पनि आक्रमण गरेको पाइएको छ ।
आठ वर्षअघि १८ मार्च २०१४ मा युक्रेनको पूर्व–दक्षिण क्षेत्रमा अवस्थित सामरिक महत्वको क्रिमियालाई आफूमा गाभेको रुसले फेरि पूर्वीयुक्रेनका डोनबास क्षेत्र, डोनेस्क, लुहान्स्कलाई केही दिनअघि स्वतन्त्र राज्य घोषणा गरेको थियो ।
ताजा अपडेट
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा
-
नवरात्रको नवौँ दिन: शक्तिपीठमा भक्तजनको घुइँचो
-
मासु खाँदा हड्डी अड्किए के गर्ने, के नगर्ने ?
-
गेटामा एमबीबीएस सञ्चालनको अनुमति खारेज गर्न डा. केसीको माग, एक साताको अल्टिमेटम


प्रतिक्रिया