फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ । निगम सञ्चालक समितिको बैठकले आज राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्यमा प्रतिलिटर रु पाँचले वृद्धि गरेको हो ।
मूल्य बढेसँगै काठमाडौँ उपत्यकामा पेट्रोलको बिक्री मूल्य प्रतिलिटर रु १५०, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर रु १३३ पुगेको छ ।
त्यस्तै, निगमले आन्तरिकतर्फको हवाई इन्धनको मूल्य प्रतिलिटर रु १० र अन्तर्राष्ट्रियतर्फ हवाई इन्धनको मूल्य प्रतिकिलोलिटर १०० अमेरिकी डलर वृद्धि गरेको छ । निगमले एलपी ग्यासको मूल्य भने यथावत राखेको छ ।
ताजा अपडेट
-
नेपाल राष्ट्र बैंकको प्रवक्तामा किरण पण्डित नियुक्त
-
विपक्षीको अडान कायमै : प्रतिनिधि सभाको बैठक भोलि दिउँसो १ बजेलाई सारियो
-
पर्वतमा जेठदेखि नै धान र कोदो रोपाइँ
-
राष्ट्रियसभामा पनि गृहमन्त्री लेखकको राजीनामा माग
-
धुलिखेल-खावा सडक : पुनःठेक्कामा जान अर्थको सहमति कुर्दै सडक डिभिजन
प्रतिक्रिया