सुनको मूल्य वर्षकै उच्च, एक लाख पुग्न एक सय कम
काठमाडाैं । साताको अन्तिम दिन शुक्रबार सुनको मूल्यले यो वर्षकै उच्च मूल्य रेर्कड कायम गरेको छ । आज सुनको मूल्य तोलामा ९ सय रूपैयाँ बढेर ९९ हजार ९ सय रूपैयाँमा कारोबार भइरहेको हो ।
यस भन्दा अगाडि बुधबार सुनको मूल्यमा १९ सय वृद्धि भएर प्रतितोला ९९ हजार पाँच सय पुगेको हो । २०७७ भदौ ३ मा सुनको मूल्य सबैभन्दा उच्च मूल्यमा पुगेको थियो । त्यतिखेर एक लाख चार सय रुपैयाँ प्रतितोला पुगेको थियो ।
बिहीबार छापावाल सुन तोलामा पाँच सय रूपैयाँ घटेर ९९ हजार रूपैयाँमा कारोबार भएको थियो । त्यस्तै शुक्रबार तेजावी सुनको मूल्य तोलामा ९९ हजार चार सय रूपैयाँ कायम गरिएको छ ।
शुक्रबार चाँदीको मूल्य भने स्थिर छ । महासंघका अनुसार आज चाँदी बिहीबारकै मूल्य अर्थात एक हजार ३८० रूपैयाँमा कारोबार भइरहेको हो ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया