पल प्रकरणमा युट्युबरका गतिविधिबारे बोल्यो प्रहरी, भन्यो : कारबाही हुन्छ

काठमाडौं । अभिनेता पल शाहमाथि लागेको बलात्कार प्रकरणमा युट्युबर र सामाजिक सञ्जाल प्रयोगकर्ताहरू गरिहेको गतिबिधिबारे नेपाल प्रहरीले मुख खोलेको छ ।
प्रहरी प्रधान कार्यालय, साइबर ब्युरोले आज विज्ञप्ति जारी गर्दै बलात्कारजस्ता गम्भीर प्रकृतिको मुद्दाको अनुसन्धान नै प्रभावित हुने गरी गतिविधि भएको भन्दै यस्तो गर्नेमाथि अब कारबाही गरिने जनाएको छ ।
प्रहरी वरिष्ठ उपरीक्षक नवीन्द्र अर्यालद्वारा जारी विज्ञीपतमा भनिएको छ, ‘यस्ता क्रियाकलाप गर्नेलाई मुलुकी ऐन ०६३ को दफा ४७ बमोजिक कारबाही हुनेछ ।’
एक नाबालिग गायिकाले बलात्कारको आरोपमा अभिनेता शाहविरुद्ध तनहुँ प्रहरीमा मुद्दा दर्ता गराएकी छिन् । आरोपी शाह पक्राउ परिसकेका छन् ।
यसलाई लिएर कतिपय युट्युबर तथा सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले पीडितलाई नै झन् पीडा दिने ढंगले प्रचार गरिहेका छन् ।
ताजा अपडेट
-
११ महिनामा १५ खर्ब ३२ अर्ब रेमिट्यान्स भित्रियो
-
रास्वपा र राप्रपाद्वारा आज पनि संसद् बैठक बहिष्कार
-
ल्हेन्दे खोला बाढी: तीन प्रहरीसहित १८ जना बेपत्ता, उद्धारका लागि हेलिकोप्टर घटनास्थलमा
-
सुरक्षा समिति र विपद प्राधिकरणको बैठक बोलाइयो
-
दराजको ७.७ ‘ह्वाट द फ्ल्याश’ सेल : ७० प्रतिशतसम्म छुट, नि:शुल्क डेलिभरी
प्रतिक्रिया