NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २९ गते

सर्वोच्चको आदेश : प्रेस काउन्सिलकाअध्यक्ष हटाउन सोधिएको स्पष्टीकरणको निर्णय कार्यान्वयन नगर्नू

काठमाडौं । प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतलाई सरकारले सोधेको स्पष्टीकरणसम्बन्धी निर्णय कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ ।

न्यायाधीश तेजबहादुर केसीको एकल इजलासले आज सरकारका नाममा अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो ।

साथै, सर्वोच्चले विपक्षीका नाममा कारण देखाऊ आदेश पनि जारी गरेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र सञ्चार तथा सूचना प्रविधि मन्त्रालय लगायतलाई विपक्षी बनाइएको रिटमा यस्तो आदेश जारी गरेको हो ।