आफूलाई गाली गर्नेविरुद्ध रेखाले दिइन् उजुरी
काठमाडौं । अभिनेत्री रेखा थापाले आफूलाई गालीगलौज गर्ने ए वान मिडिया विरूद्ध जाहेरी दर्ता गराएकी छिन् । ए वान मिडिया नामक युट्युबमार्फत शर्मिला वाइवाले आफूलाईलाई गालीगलौज गरेको भन्दै जाहेरी दर्ता गराएकी हुन् ।
नेपाल प्रहरीको साइबर व्यूरोमा जाहेरी परेको हो । पल प्रकरणमा पीडितको पक्षमा बोलेको भन्दै थापालाई गालीगालैज गरेको जारी उजुरीमा उल्लेख छ । थापाको तर्फबाट उनकी दिदी तारा थापाले ए वान मिडियाविरुद्ध जाहेरी दर्ता गराएकी छिन् ।
एक दिनअघि थापाले सामाजिक सञ्जालमार्फत पल शाहविरुद्ध बलात्कारको जाहेरी दिएकी नाबालिक पीडितको पक्षमा लेखेकी थिइन् । उनले त्यसभन्दा अघि पनि सामाजिक सञ्जाजमार्फत पीडितको पक्षमा बोलेकी थिइन् ।
व्यूरोका प्रहरी बरिष्ठ उपरीक्षक नवीन्द अर्यालका अनुसार ए वान मिडिया दर्ता भए नभएको जानकारी दिन प्रेस काउन्सिललाई पत्रचार गरिएको छ ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया