टेलिग्रामले पनि लगायो रुसी सरकारी सञ्चारमाध्यमलाई युरोपमा प्रतिबन्ध

काठमाडौं । रुसी सरकारी सञ्चारमाध्यमलाई टेलिग्रामले युरोपभर प्रतिबन्ध लगाएको छ । फेसबुक, ट्विटर, युट्युब र टिकटकपछि टेलिग्रामले युरोपमा रुसी सरकारी सञ्चारमाध्यमलाई प्रतिबन्ध लगाएको हो ।
विश्वकै सबैभन्दा छिटो सूचना सम्प्रेषण गर्ने म्यासेजिङ एप टेलिग्रामले रसियन सरकारी मिडिया आरटीलाई युरोपभर प्रयोग गर्न नमिल्ने गरी प्रतिबन्ध लगाएको जनाएको छ ।
टेलिग्रामका प्रवक्ताले शुक्रबार सबै आरटी मिडिया च्यानललाई ब्लक गरिएको जनाएका छन् । यो प्रतिबन्धले स्पुतनिकलगायत अन्य रुसी मिडिया प्रभावित हुने/नहुनेबारे भने प्रष्ट भइसकेको छैन ।
यसअघि इयूका अधिकारीले आरटी युद्ध प्रोपोगण्डाको माध्यम बनिरहेको भन्दै टेलिग्रामलाई चेतावनी दिएको थियो ।
टेलिग्राम रसिया–युक्रेन युद्धबारे जानकारी लिने दुवै पक्षको माध्यम बन्दै आएको थियो ।
ताजा अपडेट
-
स्थानीय तहको राजस्व वृद्धिका चुनौती र सम्भावना: नीति निर्माण र समन्वय अभाव प्रमुख बाधक
-
बाँदरको समस्याको विकल्पमा कागुनोखेती
-
नारायणगढ–बुटवल सडकः तेस्रो पटकको म्याद सकिन लाग्दा प्रगति ६९ प्रतिशत मात्र
-
राष्ट्रिय सभामा विनियोजन विधेयकमाथि छलफल, दर्जनभन्दा बढी मन्त्रीले जवाफ दिँदै
-
चुँदीरम्घामा भानुजयन्ती तीनदिन मनाइने
प्रतिक्रिया