सामसुङले आफ्ना उत्पादन रूसमा नपठाउने
एजेन्सी । दक्षिण कोरियाली प्रविधि कम्पनी, सामसुङले विकसित पछिल्लो घटनाक्रम (रूस–यूक्रेन द्वन्द्व)का कारण रूसमा आफ्नो उत्पादनको निर्यातलाई रोक्ने निर्णय गरेको छ ।
यसले युक्रेनमा आक्रमण गरेपछि देशमा बिक्री र सेवाहरू बन्द गरेका एप्पल र माइक्रोसफ्ट जस्ता अन्य विश्वव्यापी ख्यातिप्राप्त कम्पनीहरूसँग सम्मिलित भएको हो ।
“युक्रेनी सञ्चारमाध्यमले जनाएअनुसार विकसित पछिल्लो घटनाक्रम (रूस–यूक्रेन द्वन्द्व)का कारण मार्च ५ देखि रूसमा आफ्नो आपूर्तिलाई रोकेको हो ।
‘उक्त क्षेत्र वरिपरि’ मानवीय प्रयासलाई सक्रियतापूर्वक समर्थन गर्न कम्पनीले उपभोक्ता इलेक्ट्रोनिक्समा १० लाख अमेरिकी डलरसहित ६० लाख अमेरिकी डलर अनुदान पनि गरिरहेको कुरा बताएको छ ।
यसअघि अमेरिकी प्रबिधि कम्पनी एप्पलले पनि युक्रेनमा रूसी सैन्य परिचालनका कारण रुसमा आफ्ना सबै उत्पादन बिक्री गर्न रोकेको सिएनएनले जनाएको थियो ।
कम्पनीले रूसी आक्रमणको बारेमा ‘गम्भीर चासो’ व्यक्त गर्दै यसको जवाफमा यसले रूसमा ‘आफ्ना सबै उत्पादनको बिक्री रोकेको’ बताएको थियो । एप्पलले रूसभित्र एप्पल पे जस्ता डिजिटल सेवाहरूमा पहुँच सीमित गर्न र देशबाहिर रूसी राज्य मिडिया अनुप्रयोगको उपलब्धतामा प्रतिबन्ध लगाएको पनि बताएको छ ।
मस्कोले युक्रेनबाट स्वतन्त्र भएको घोषणा गरेका डोनेट्स्क र लुहान्स्कलाई स्वतन्त्र संस्थाको रूपमा मान्यता दिएको तीन दिनपछि फेब्रुअरी २४ मा रूसी सेनाहरूले युक्रेनमा सैन्य परिचालन गरेपछि सामसुङले यो निर्णय गरेको यूक्रेनी समाचारमाध्यमहरूमा जनाइएको छ ।
ताजा अपडेट
-
पोखराको प्राइम सहकारीमा डेढ अर्ब हिनामिना, अध्यक्षसहित आठ पक्राउ
-
लागूऔषध मुद्दामा ७७ जना पक्राउ
-
‘प्रधानमन्त्री छोरी आत्मनिर्भर कार्यक्रम’ सञ्चालन गरिने
-
पाठेघर क्यान्सरविरुद्ध खोपलाई जिल्ला अस्पतालसम्म बिस्तार गरिने
-
सबै स्वास्थ्य क्षेत्रलाई स्वास्थ्य बीमामा अनिवार्य आवद्ध गरिने
प्रतिक्रिया