NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ फागुन २ गते

बराबरीमा रोकियो बायर्न म्युनिख

काठमाडौं । बायर्न म्युनिख लिभरकुसेनसँग बराबरीमा रोकिएको छ । जर्मन बुन्डेस लिगामा लिगअन्तर्गत गएराति भएको खेलमा दुवै टिमले १–१ को बराबरी खेलेका हुन् ।

खेल सुरु भएको १८ औं मिनेटमा गोल गर्दै निकलस सुलेले अग्रता दिलाएका थिए । तर ३६ औं मिनेटमा थोमस मुलरले आत्मघाती गोल गरेर खेललाई बराबरीमा पुर्याए ।

त्यसपछिको समयमा कुनै समूहले गोल गर्न नसकेपछि अंक बाँडिएको छ । योसँगै ५९ अंकका साथ शीर्ष स्थानमा छ भने लिभरकुसेन ४५ अंक बटुलेर तेस्रो स्थानमा छ ।