NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ असार १८ गते

रहेनन् राप्रपाका संस्थापक नेता गणेश शेरचन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता गणेश शेरचनको निधन भएको छ । ७८ वर्षीय शेरचनको राजधानीको ग्राण्डी अस्पतालका उपचारका क्रममा निधन भएको हो ।

राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले शेरचनको आइतबार बिहान उपचारका क्रममा निधन भएको पुष्टि गरे ।

शेरचन राप्रपाको संस्थापकमध्ये एक हुन् । उनी पूर्वराजा ज्ञानेन्द्र शाहले शासन हातमा लिँदा क्षेत्रीय प्रशासक बनाइएका थिए ।

शेरचनका श्रीमती, तीन छोरा र एक छोरी छन् ।

दिवंगत शेरचनको आजै पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिने जनाइएको छ ।

ताजा अपडेट

नेपालवाच विशेष