सुनको मूल्य एक लाख नाघ्यो, तोलामा १ लाख १ हजार ९०० रूपैयाँमा कारोबार हुँदै

सुनको मूल्यले यो वर्षकै उच्च मूल्य रेर्कड कायम गरेको छ । आज सुनको मूल्य तोलामा २ हजार बढेर एक लाख एक हजार ९ सय रूपैयाँमा कारोबार भइरहेको छ ।
गत शुक्रबार सुनको मूल्य नाै सय रूपैयाँ बढेर ९९ हजार ९ सय रूपैयाँमा कारोबार भएको थियो ।
यसभन्दा अगाडि २०७७ भदौ ३ मा सुनको मूल्य सबैभन्दा उच्च मूल्यमा पुगेको थियो । त्यतिखेर एक लाख चार सय रुपैयाँ प्रतितोला पुगेको थियो ।
त्यस्तै आज तेजावी सुन प्रतितोला एक लाख १ हजार ४ सय रूपैयाँमा कारोबार भइरहेको छ । आइतबार चाँदीको मूल्य पनि बढेको छ । महासंघका अनुसार आज चाँदी तोलामा ३५ रूपैयाँ बढेर एक हजार ४१५ रूपैयाँमा कारोबार भइरहेको हो ।
ताजा अपडेट
-
नेप्से परिसूचक २८ अंकले बढ्यो
-
नेपालको कृषि क्षेत्रमा प्रत्यक्ष वैदेशिक लगानीका लागि परराष्ट्र मन्त्रीको आग्रह
-
मनसुनका एक महिना : ६७४ घटना, ३१ जनाको मृत्यु, ११२ घाइते
-
सिक्टा सिँचाइ : पश्चिमी मूल नहरको छैटौँ शाखा नहर निर्माण सम्पन्न
-
आर्थिक कुटनीति र लगानी प्रर्वद्धनका लागि चेम्बर र आईआरजीडीडीबीच सम्झौता
प्रतिक्रिया