ढुङ्गेधाराको तरकारी बजारमा आगलागी, ७० स्टल जले
काठमाडौँ । काठमाडौँको बनस्थलीस्थित ढुङ्गेधारामा रहेको तरकारी बजारमा आज बिहान आगलागी भएको छ । बिहान १ बजेतिर आगलागी भएकोमा २ बजेतिर नियन्त्रणमा आएको महानगरीय प्रहरी वृत्त बालाजुले जनाएको छ ।
उक्त आगलागीबाट ७० वटा तरकारीका स्टल जलेर नष्ट भएको छ । काठमाडौँ महानगरपालिका-१६ बनस्थली नजिकै रहेको ढुङ्गेधारास्थित तकदिर रत्न शाक्यद्वारा सञ्चालित तरकारी तथा फलफुल बजारमा आगलागी भएको प्रहरीले जनाएको छ ।
क्षतिको विवरण आउन बाँकी रहेको र घटनाको विषयमा अनुसन्न्धान जारी रहेको वृत्तका प्रहरी नायब उपरीक्षक गौतम मिश्रले जानकारी दिए । उपत्यकाका पाँच वटा दमकलको सहयोगमा स्थानीयवासी र प्रहरीले आगो नियन्त्रणमा लिएका थिए । विद्युत् सर्ट भएर आगो लागेको अनुमान प्रहरीको छ ।
ताजा अपडेट
-
भारतमा एलपी ग्यासको मूल्य बढ्यो, नेपालमा के होला ?
-
सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?
-
नेपाल–भारत सीमामा व्यक्तिगत विप्रेषण सम्झौता
-
काठमाडौँ–दिल्ली परराष्ट्रमन्त्रीस्तरीय वार्ता: प्रविधि र अपराध नियन्त्रणमा सहकार्य गर्ने सहमति
-
तीन सातामा दुई हजार सात सय पर्यटक हुम्ला भित्रिए, होटल भरिभराउ, स्थानीय गाउँमै रोजगार


प्रतिक्रिया