संसद् बैठक : महाभियोग सिफारिस समिति गठन हुँदै
काठमाडौं । प्रतिनिधि सभाको बैठक संघीय संसद् भवनमा सुरु भएको छ ।
आजको बैठकमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाविरुद्ध सत्ता गठबन्धनले ल्याएको महाअभियोग प्रस्ताव पेश गर्नका लागि महाअभियोग सिफारिस समिति गठन हुने भएको छ ।
एमालेको सहभागिताबिना बसेको कार्यव्यवस्था परामर्श समिति बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले सिफारिस समिति गठनको प्रस्ताव लगेका छन् ।
साथै, आजको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३१ औँं वार्षिक प्रतिवेदन पेश गर्ने कार्यक्रम तय भएको छ ।
ताजा अपडेट
-
कराते टोली जापान प्रस्थान, खेलाडीलाई विमानस्थलको ‘भिआइपी’ सुविधा
-
बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य
-
संयुक्त राष्ट्रसङ्घले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी


प्रतिक्रिया