नेपाली क्रिकेट टिमको व्यस्त कार्यतालिका यस्तो छ

काठमाडौं । नेपालले पपुवा न्युगिनीसँग दुई एक दिवसीय क्रिकेट खेल खेल्ने भएको छ । नेपाल क्रिकेट संघ क्यानले आइतबार पपुवा न्युगिनीविरुद्धको दुई एकदिवसीय र त्रिदेशीय टी २० सिरिज हुने जनाएकाे हाे ।
नेपालले काठमाडौं कीर्तिपुरस्थित टियुको मैदानमा पपुवा न्युगिनीसँग ११ र १२ चैतमा दुईवटा एक दिवसीय खेल खेल्नेछ ।
त्यसपछि नेपालले मलेसिया र पपुवा न्युगिनी सहभागी हुने टी २० सिरिज खेल्नेछ । यो सिरिज पनि १४ देखि २१ चैतसम्म टियुकै मैदानमा हुनेछ । यसको कार्यतालिका भने सार्वजनिक भइसकेको छैन ।
नेपाली टिम यतिखेर भने युएईसँग विश्वकप लिग २ का खेल खेल्नु अघि श्रीलंकामा अभ्यास खेल खेलिरहेको छ । यो लिग दुई हप्तापछि दुबईमा हुँदैछ । यो त्रिकोणात्मक लिगमा नेपाल, युएई र पपुवा न्युगिनी खेल्दैछन् । यो सिरिज चैत २ देखि ८ सम्म हुनेछ । याे एक दिवसीय क्रिकेटकाे छनाेट खेलसमेत हाे ।
ताजा अपडेट
-
रोनाल्डो फिफा क्लब विश्वकपमा सहभागी नहुने
-
गण्डकी प्रदेश सभामा नीति तथा कार्यक्रममाथि छलफल
-
अमेरिकासँगको करसम्बन्धी वार्तामा ‘प्रगति’, सम्झौता हुन बाँकी : जापान
-
आर्थिक अभावले उपचार नपाउने अवस्थाको अन्त्य हुनुपर्छ : प्रधानमन्त्री
-
अमेरिकी भन्सार शुल्कवृद्धि अन्तर्राष्ट्रिय मापदण्डविरुद्ध’
प्रतिक्रिया