युक्रेनद्वारा मरिउपोलबाट सर्वसाधारणलाई उद्धार गर्न सुरू

एजेन्सी । युक्रेनले आइतबार डोनेट्स्कको बन्दरगाह शहर मरिउपोलबाट नागरिकहरूलाई उद्धार गर्न सुरू गरेको छ ।
“उद्धार कार्य स्थानीय समय अनुसार मध्यान्हबाट सुरु हुनेछ,” डोनेट्स्क क्षेत्रीय सैन्य प्रशासन प्रमुख पाभ्लो क्रियालेन्कोले बताए ।
युक्रेनी समाचार संस्था, युनियानले बताएअनुसार नागरिकहरूलाई उद्धार गर्न बसहरू मरिउपोलतिर आइतबार मध्यान्नपहिले नै त्यहाँ पुगिसकेका छन् । यसअघि, रूसी सेनाहरूले युक्रेनका केही भागहरूमा १०ः०० बजेदेखि मानवीय उद्धारका लागि निर्धारण गरेको मार्गबाट उद्धार सुरू गरिसकेको छ ।
बिहीबारको दोस्रो चरणको शान्ति वार्ताको दौडानमा रूसी र युक्रेनी वार्ता टोली नागरिकहरूलाई युद्ध क्षेत्रबाट बाहिर निस्कन मार्गहरू स्थापना गर्न र उद्धार मार्गमा केही समयको लागि आक्रमण रोक्न सहमत भएका थिए ।
ताजा अपडेट
-
नेपाल राष्ट्र बैंकको प्रवक्तामा किरण पण्डित नियुक्त
-
विपक्षीको अडान कायमै : प्रतिनिधि सभाको बैठक भोलि दिउँसो १ बजेलाई सारियो
-
पर्वतमा जेठदेखि नै धान र कोदो रोपाइँ
-
राष्ट्रियसभामा पनि गृहमन्त्री लेखकको राजीनामा माग
-
धुलिखेल-खावा सडक : पुनःठेक्कामा जान अर्थको सहमति कुर्दै सडक डिभिजन
प्रतिक्रिया