NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २१ गते

ग्लोबल आइएमई बैंक, राष्ट्रिय सहकारी बैंक र एससीटीबीच त्रिपक्षीय सम्झौता

काठमाडाैं । ग्लोबल आइएमई बैंक लिमिटेड, राष्ट्रिय सहकारी बैंक लिमिटेड र स्मार्ट च्वाइस टेक्नोलोजिज लिमिटेड (एससीटी) बीच सहकारीहरुका लागि सहकारी पहिचानसहितको ‘कोअप कार्ड’ जारी गर्नेसम्बन्धी त्रिपक्षीय सम्झौतामा हस्ताक्षर सम्पन्न भएको छ।

आइतबार आयोजित एक कार्यक्रमकाबीच ग्लोबल आइएमई बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य, स्मार्टच्वाइस टेक्नोलोजिजका तर्फबाट प्रमुख कार्यकारी अधिकृत नारायण प्रकाश भुजु र राष्ट्रिय सहकारी बैंक लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत बद्रीकुमार गुरागाइँले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।

बढदै गएको सहकारीको भूमिका र कारोबारसमेतलाई मध्येनजर गर्दै सहकारीले पनि न्यूनतम लागतमा सहजैको एटीएम कार्ड जारी गर्न सक्ने प्रविधि र प्रकियाका साथ ग्लोबल आइएमई बैंकको प्रायोजनमा कोअप कार्ड जारी गर्न लागिएको हो ।

ग्लोबल आइएमई बैंकको प्रायोजनमा राष्ट्रिय सहकारी बैंकमार्फत यसका सदस्य सहकारीहरुले कोअप कार्ड जारी गर्नेछन ।  सहकारीका सबै सदस्यलाई सेवा पु-याउदै यसलाई अझ बढी प्रभावकारी बनाउन राष्ट्रिय सहकारी बैंकको सहकार्यमा बैंकमा आबद्ध सम्पूर्ण सहकारीहरुलाई एउटै ब्राण्डको कोअप का जारी गर्न लागेको हो ।

यस सहकार्यपश्चात सम्पूर्ण सहकारीहरुले राष्ट्रिय सहकारी बैंकमा सम्पर्क गरी कोअप कार्ड जारी गर्न सक्नेछन । यस सुविधाले सदस्यहरुको सहकारीप्रति विश्वास बढ्दै जाने, नगद कारोबार कम भएर औपचारिक रुपमा बचत परिचालन हुने र बित्तीय सेवा २४ घण्टा उपलब्ध हुनेछ ।

यस सहकार्यले समग्र सहकारी क्षेत्रको भुक्तानी प्रणाली र विद्युतीय कारोवारमा पहुँच बढदै जाने तथा साधारण बैंकिङ कारोवारको लागि बैंकसम्म गइरहनु पर्ने बाध्यताबाट मुक्ति दिने तथा सहकारीहरुको विकासमा थप योगदान पुग्ने आशा लिइएको छ ।

ताजा अपडेट

नेपालवाच विशेष