धनुषा कांग्रेस सभापतिमा देउवा, शेखर र निधि पक्षबीच भिडन्त, को–को छन् उम्मेदवार ?
काठमाडौं । रोकिंदै आएको धनुषा कांग्रेस जिल्ला कार्यसमितिको नेतृत्व चयनको लागि आज निर्वाचन भइरहेको छ । मुख्य गरी तराई मधेसको राजनीतिमा पकड रहेका भनिएका विमलेन्द्र निधि र अरु पनि प्रभावशाली नेता रहेकोले धनुषाको नेतृत्वलाई फरक ढंगले हेरिएको छ ।
सभापतिका लागि संस्थापनबाट सन्तोष यादव उम्मेदवार बनेका छन् । उनी कांग्रेसका वर्तमान उपसभापतिसमेत हुन् । उनका अन्य प्रतिस्पर्धीमा डा. शेखर कोइराला पक्षबाट दिनेश प्रसैला सभापतिका उम्मेदवार छन् ।
अर्का प्रभावशाली नेता विमलेन्द्र निधि समूहबाट योगेन्द्र पंजियार उम्मेदवार छन् । उनी क्षीरेश्वरनाथ नगरपालिकाका मेयर पनि हुन् ।
पहिलो चरणमा सभापति चुनिन ५१ प्रतिशत मत ल्याउनुपर्ने हुन्छ । नभए दोस्रो चरणमा सबैभन्दा बढी मत ल्याउने दुई उम्मेदवारबीच पुनः प्रतिस्पर्धा हुन्छ ।
जनकपुरको तिरहुतिया गाछीमा आज निर्वाचन हुँदैछ ।
१६ जिल्ला मध्ये ८ जिल्लाको नतिजा पनि आइसकेको छ । ८ जिल्लामध्ये मकवानपुर, पर्सा, कैलाली र महाेत्तरीमा संस्थापन पक्षले जितेकाे छ ।
ताजा अपडेट
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने


प्रतिक्रिया