सुनको मूल्य निरन्तर उकालो, तोलामा एक लाख ३ हजार
काठमाडाैं । सुनको मूल्य निरन्तर उकालो लाग्ने क्रममा छ । केही दिनदेखि उच्च मूल्यमा बढ्दै आएको सुनको मूल्य आज पनि नयाँ रेकर्ड कायम भएको छ ।
आज सुनको मूल्य तोलामा एक हजार एक सय रूपैयाँ बढेर एक लाख ३ हजार रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार आइतबार छापावाल सुन तोलामा २ हजार बढेर एक लाख एक हजार ९ सय रूपैयाँमा कारोबार भएको थियो।
गत शुक्रबार सुनको मूल्य नौ सय रूपैयाँ बढेर ९९ हजार ९ सय रूपैयाँमा कारोबार भएको थियो । यसभन्दा अगाडि २०७७ भदौ ३ मा सुनको मूल्य सबैभन्दा उच्च मूल्यमा पुगेको थियो । त्यतिखेर एक लाख चार सय रुपैयाँ प्रतितोला पुगेको थियो ।
त्यस्तै आज तेजावी सुन प्रतितोला एक लाख १ हजार पाँच सय रूपैयाँमा कारोबार भइरहेको छ । आइतबार तेजावी सुन प्रतितोला एक लाख एक हजार चार सय रूपैयाँमा कारोबार भएको थियो ।
आइतबार चाँदीको मूल्य तोलामा १५ रूपैयाँ बढेको छ । महासंघका अनुसार आज चाँदी तोलामा एक हजार चार सय २५ रूपैयाँमा कारोबार भएको हो । आइतबार चाँदी प्रतितोलामा एक हजार ४१५ रूपैयाँमा कारोबार भइरहेको हो ।
ताजा अपडेट
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो


प्रतिक्रिया