घरबेटीको बयान, ‘पल र नाबालिग गायिका सँगै बसेका थिए’
काठमाडौं । नाबालिग गायिकालाई बलात्कार गरेको आरोप लागेका अभिनेता पल शाह यतिबेला तनहुँको दमौलीस्थित प्रहरी हिरासतमा छन् ।
यस घटनाबारे प्रहरीले अनुसन्धान गरिहेको छ । थप अनुसन्धानका लागि भन्दै प्रहरीले आइतबार १२ दिन थप गरेको छ ।
यसैबीच, प्रहरीले तनहुँको शुक्लागण्डकी नगरपालिका–४ दुलेगौंडास्थित प्रदीप थापा र उनकी श्रीमतीको बयान लिएको छ ।
फागुन ११ मा बालिकाका बुवाले दिएको जाहेरीमा ०७८ वैशाख १४ मा थापाको घरमा पलले बलात्कार गरेको जिकिर गरिएको छ । यसैकारण थापा दम्पत्तिको बयान लिइएको हो ।
अनुसन्धानमा संलग्न प्रहरी अधिकृतका अनुसार त्यसदिन पल र नाबालिग गायिका सँगै बसेको थापा दम्पत्तिले बयान दिएका छन् ।
कमल खत्री भन्ने व्यक्ति भने छुट्टै कोठामा बसेका थिए ।
यसअघि कलाकार दुर्गेश थापा र गायक सम्राट चौलागाईंले गत बुधबार दमौलीमा पुगेरै बयान दिएका थिए ।
पल प्रकरण : पूजा पनि अनुसन्धानमा तानिन सक्ने
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया