NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २१ गते
पल प्रकरण :

घरबेटीको बयान, ‘पल र नाबालिग गायिका सँगै बसेका थिए’

काठमाडौं । नाबालिग गायिकालाई बलात्कार गरेको आरोप लागेका अभिनेता पल शाह यतिबेला तनहुँको दमौलीस्थित प्रहरी हिरासतमा छन् ।

यस घटनाबारे प्रहरीले अनुसन्धान गरिहेको छ । थप अनुसन्धानका लागि भन्दै प्रहरीले आइतबार १२ दिन थप गरेको छ ।

यसैबीच, प्रहरीले तनहुँको शुक्लागण्डकी नगरपालिका–४ दुलेगौंडास्थित प्रदीप थापा र उनकी श्रीमतीको बयान लिएको छ ।

फागुन ११ मा बालिकाका बुवाले दिएको जाहेरीमा ०७८ वैशाख १४ मा थापाको घरमा पलले बलात्कार गरेको जिकिर गरिएको छ । यसैकारण थापा दम्पत्तिको बयान लिइएको हो ।

अनुसन्धानमा संलग्न प्रहरी अधिकृतका अनुसार त्यसदिन पल र नाबालिग गायिका सँगै बसेको थापा दम्पत्तिले बयान दिएका छन् ।

कमल खत्री भन्ने व्यक्ति भने छुट्टै कोठामा बसेका थिए ।

यसअघि कलाकार दुर्गेश थापा र गायक सम्राट चौलागाईंले गत बुधबार दमौलीमा पुगेरै बयान दिएका थिए ।

पल प्रकरण : पूजा पनि अनुसन्धानमा तानिन सक्ने