को हुन् पूजाका प्रेमी ?

काठमाडौं । नायिका पूजा शर्माले नयाँ प्रेमीको नाम सार्वजनिक गरेकी छिन् । पूजाले सामाजिक सञ्जालमार्फत प्रेमी सार्वजनिक गरेकी हुन् ।
पूजाले फेसबुकमा एउटा तस्बिर पोस्ट गर्दै अंग्रेजीमा लेखेकी छिन्, ‘यु आर दि !’ उक्त तस्बिरमा उनले लभको सिग्नलसमेत राखेकी छिन् ।
तस्बिरमा पूजासँगै एकजना गोरो वर्णका युवक छन् । उनी हुन् हेटौंडा निवासी व्यवसायी युद्ध बानियाँ ।
युद्धको फिटनेससँग सम्वन्धित सामान बिक्री गर्ने बटरबक्स नेपाल नामको कम्पनी छ ।
युद्ध फिटनेस र मोडलिङमा उत्तिकै रुचि राख्ने गरेको बताइएको छ । यसर्थ, उनी मोडलको रूपमा पनि यदाकदा देखिने गरेका छन् ।
पूजाको नाम अहिले हिरासतमा रहेका पल शाहसँग पनि जोडियो । तर, उनीहरू मिल्ने साथीमात्रै रहेको पूजा आफैँले बताउने गरेकी छिन् ।
पूजा पललाई भेट्न यसैहप्ता तनहुँसमेत गएकी थिइन् । अहिले पल र पूजा अभिनित चलचित्र ‘म यस्तो गीत गाउँछु २’ लागिरहेको छ । पूजा यो चलचित्रकी निर्मातासमेत हुन् ।
यसैगरी, पूजाको नाम अभिनेता आकाश श्रेष्ठसँग पनि जोडियो । तर, दुवैले यसलाई अस्वीकार गर्दै आएका थिए । अन्त्यमा सो हल्लालाई गलत सावित उनले नयाँ प्रेमी सार्वजनिक गरिसकेकी छिन् ।
पल प्रकरण : पूजा पनि अनुसन्धानमा तानिन सक्ने
ताजा अपडेट
-
गण्डकी प्रदेश सभामा नीति तथा कार्यक्रममाथि छलफल
-
अमेरिकासँगको करसम्बन्धी वार्तामा ‘प्रगति’, सम्झौता हुन बाँकी : जापान
-
आर्थिक अभावले उपचार नपाउने अवस्थाको अन्त्य हुनुपर्छ : प्रधानमन्त्री
-
अमेरिकी भन्सार शुल्कवृद्धि अन्तर्राष्ट्रिय मापदण्डविरुद्ध’
-
असार १५ गतेसम्ममा शिक्षा विधेयक पास हुन्छ : शिक्षामन्त्री पन्त
प्रतिक्रिया