को हुन् पूजाका प्रेमी ?
काठमाडौं । नायिका पूजा शर्माले नयाँ प्रेमीको नाम सार्वजनिक गरेकी छिन् । पूजाले सामाजिक सञ्जालमार्फत प्रेमी सार्वजनिक गरेकी हुन् ।
पूजाले फेसबुकमा एउटा तस्बिर पोस्ट गर्दै अंग्रेजीमा लेखेकी छिन्, ‘यु आर दि !’ उक्त तस्बिरमा उनले लभको सिग्नलसमेत राखेकी छिन् ।
तस्बिरमा पूजासँगै एकजना गोरो वर्णका युवक छन् । उनी हुन् हेटौंडा निवासी व्यवसायी युद्ध बानियाँ ।
युद्धको फिटनेससँग सम्वन्धित सामान बिक्री गर्ने बटरबक्स नेपाल नामको कम्पनी छ ।

युद्ध फिटनेस र मोडलिङमा उत्तिकै रुचि राख्ने गरेको बताइएको छ । यसर्थ, उनी मोडलको रूपमा पनि यदाकदा देखिने गरेका छन् ।
पूजाको नाम अहिले हिरासतमा रहेका पल शाहसँग पनि जोडियो । तर, उनीहरू मिल्ने साथीमात्रै रहेको पूजा आफैँले बताउने गरेकी छिन् ।
पूजा पललाई भेट्न यसैहप्ता तनहुँसमेत गएकी थिइन् । अहिले पल र पूजा अभिनित चलचित्र ‘म यस्तो गीत गाउँछु २’ लागिरहेको छ । पूजा यो चलचित्रकी निर्मातासमेत हुन् ।
यसैगरी, पूजाको नाम अभिनेता आकाश श्रेष्ठसँग पनि जोडियो । तर, दुवैले यसलाई अस्वीकार गर्दै आएका थिए । अन्त्यमा सो हल्लालाई गलत सावित उनले नयाँ प्रेमी सार्वजनिक गरिसकेकी छिन् ।
पल प्रकरण : पूजा पनि अनुसन्धानमा तानिन सक्ने
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया