भारतमा कोरोनाबाट थप चार हजार ३६२ संक्रमित
भारतमा कोरोना भाइरसबाट दैनिक संक्रमितको संख्या दिन प्रति दिन घट्दै गइरहेको छ । भारतमा पछिल्लो २४ घण्टामा थप चार हजार ३६२ संक्रमित भएका केन्द्रीय स्वास्थ्य मन्त्रालयले सोमबार जानकारी दिएको छ ।
योसँगै भारतमा अहिले संक्रमित अवस्थामै रहेकाको संख्या भने ५४ हजार ११८ पुगेको अधिकारीहरुले जनाएका छन् । संक्रमितको यो संख्या कूल संक्रमितको ०.१३ प्रतिशत रहेको समाचारमा जनाइएको छ । भारतको संघीय स्वास्थ्य मन्त्रालयका अनुसार सोही अवधिमा नौ हजार ६२० कोरोनाभाइरसबाट संक्रमणमुक्त भएका छन् । एउटै अवधिमा नयाँ संक्रमितको संख्याभन्दा संक्रमणमुक्त भएकाको संख्या धेरै भएकाले सक्रिय संक्रमितको पनि घट्दै गइरहेको हो ।
भारतमा अहिलेसम्म कोरोनाभाइरसबाट संक्रमित भएर पनि संक्रमणमुक्त भइसकेकाको संख्या चार करोड २३ लाख ९८ हजार ९५ पुगेको छ । कोरोनाभाइरसका कारण भारतमा अहिलेसम्म पाँच लाख १५ हजार १०२ को मृत्यु भएको छ । तीमध्ये ६६ को पछिल्लो २४ घण्टामा मृत्यु भएको हो ।
गत आइतबार एक दिनमा भारतमा ६ लाख १२ हजार ९२६ को कोरोना परीक्षण गरिएको छ । भारतमा कोरोना शुरु भएबाट हालसम्म ७७ करोड ३४ लाखभन्दा बढी व्यक्तिको कोरोना परिक्षण भइसकेको छ । भारत सन् २०२१ को जनवरी १६ बाट कोरोना भाइरविरुद्ध खोप अभियान शुरु भएको थियो । सो समयबाट हालसम्म एक अर्ब ७८ करोड ९० लाख भन्दा बढी डोज खोप लगाइएको छ ।
ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने


प्रतिक्रिया