झिनो अंकले बढ्यो नेप्से, २ अर्ब ६० करोडको कारोबार
धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १.५४ अंकले बढेर २५४४.९३ विन्दुमा पुगेको छ ।
यस्तै, ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक २.१४ अंकले बढेर ४९२.२६ विन्दुमा पुगेको छ । नेप्से परिसूचक बढेपनि कारोबार रकम भने खुम्चिएको छ ।
कूल २३० कम्पनीको ५३ लाख १५ हजार २९२ कित्ता सेयर खरिद बिक्री हुँदा २ अर्ब ६० करोड ९ लाख ३० हजार ४०३ रूपैयाँ बराबरको कारोबार भएको छ ।
कारोबारमा आएका कूल १३ उपसमूहमध्ये ६ कम्पनीको सेयर मूल्य बढेको छ भने बाँकीको सेयरमूल्य घटेको छ । आज बैकिङ, होटल एण्ड टुरिजम, नीजीर्वन बीमा कम्पनी, म्यानुफ्याक्चरिङ एण्ड प्रशोधन र अन्यको सेयरमूल्य बढेको छ ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया