झिनो अंकले बढ्यो नेप्से, २ अर्ब ६० करोडको कारोबार
धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १.५४ अंकले बढेर २५४४.९३ विन्दुमा पुगेको छ ।
यस्तै, ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक २.१४ अंकले बढेर ४९२.२६ विन्दुमा पुगेको छ । नेप्से परिसूचक बढेपनि कारोबार रकम भने खुम्चिएको छ ।
कूल २३० कम्पनीको ५३ लाख १५ हजार २९२ कित्ता सेयर खरिद बिक्री हुँदा २ अर्ब ६० करोड ९ लाख ३० हजार ४०३ रूपैयाँ बराबरको कारोबार भएको छ ।
कारोबारमा आएका कूल १३ उपसमूहमध्ये ६ कम्पनीको सेयर मूल्य बढेको छ भने बाँकीको सेयरमूल्य घटेको छ । आज बैकिङ, होटल एण्ड टुरिजम, नीजीर्वन बीमा कम्पनी, म्यानुफ्याक्चरिङ एण्ड प्रशोधन र अन्यको सेयरमूल्य बढेको छ ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया