दक्षिण कोरियाले रुसी केन्द्रीय बैंकमाथि प्रतिबन्ध लगायो
एजेन्सी । कोरियाली सरकारले रुसको केन्द्रीय बैंकसँगको लेनदेन निलम्बन सहित रूस विरुद्ध थप प्रतिबन्धहरू लगाएको छ।
परराष्ट्र मन्त्रालयले सोमबार जनाएअनुसार रुस विरुद्धको प्रतिबन्ध मार्च १ देखि लागू भएपछि, कोरियाले अन्तर्राष्ट्रिय परिस्थितिलाई ध्यानमा राख्दै रुसी केन्द्रीय बैंकसँगको कारोबारमा प्रतिबन्ध लगाउने जस्ता थप निर्णय गरेको छ।
परराष्ट्र मन्त्रालयले ‘हामी सम्बन्धित मन्त्रालयहरूसँग छलफल गरेर रुस विरुद्ध थप प्रतिबन्धहरू सम्बन्धी विवरणहरू घोषणा गर्नेछौं’ भन्ने उल्लेख गरेको छ ।
मन्त्रालयले उक्त निर्णय अमेरिकालगायत सम्बन्धित देशलाई पनि जानकारी गराउने योजना बनाएको छ ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया