कांग्रेसमा युवाको भूमिका महत्वपूर्ण : वरिष्ठ नेता पौडेल
काठमाडाैं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीमा तरुण युवाको भूमिका महत्वपूर्ण रहेको बताएका छन् । नेपाल तरुण दल भानु नगर समितिले मंगलबार आयोजना गरेको संगठन सुदृढीकरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले युवा शक्तिकै कारण पार्टी बलियो हुने बताए ।
नजिकिँदै गरेको स्थानीय तहको निर्वाचनमा कांग्रेसलाई जिताउन युवाहरू एकजुट भएर लाग्नुपर्नेमा वरिष्ठ नेता पौडेलको जोड थियो । ‘युवा भनेका कांग्रेसको मेरुदण्ड हो, युवाहरू कांग्रेसलाई जिताउन एक भएर लाग्नुपर्छ’, उनले भने । कांग्रेसले जितेमात्रै देशको विकास सम्भव रहेको उनको जिकिर थियो ।
केन्द्रीय सदस्य शंकर भण्डारीले तनहुँको विकासका निमित्त कांग्रेसले जित्नुपर्ने धारणा राखे । निवर्तमान जिल्ला सभापति वैकुण्ठ न्यौपानेले विधानअनुसार पार्टीले निर्वाचनको टिकट दिने भएकाले कोही व्यक्तिको पछाडि लाग्नुको औचित्य नभएको प्रष्ट पार ।
ताजा अपडेट
-
भारतमा एलपी ग्यासको मूल्य बढ्यो, नेपालमा के होला ?
-
सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?
-
नेपाल–भारत सीमामा व्यक्तिगत विप्रेषण सम्झौता
-
काठमाडौँ–दिल्ली परराष्ट्रमन्त्रीस्तरीय वार्ता: प्रविधि र अपराध नियन्त्रणमा सहकार्य गर्ने सहमति
-
तीन सातामा दुई हजार सात सय पर्यटक हुम्ला भित्रिए, होटल भरिभराउ, स्थानीय गाउँमै रोजगार


प्रतिक्रिया