एकैदिन सुनको मूल्य २५०० ले उकालो, तोलामा एक लाख ५ हजार ५०० रूपैयाँमा कारोबार हुँदै
काठमाडाैं । सुनको मूल्य निरन्तर उकालो लाग्ने क्रममा छ । केही दिनदेखि उच्च मूल्यमा बढ्दै आएको सुनको मूल्य आज पनि उच्च मूल्यले बढेको छ ।
आज सुनको मूल्य तोलामा २ हजार ५ सय रूपैयाँ बढेर एक लाख पाँच हजार पाँच सय रूपैयाँमा कारोबार भइरहेको छ । यो हालसम्मकै उच्च मूल्य हो । मंगलबार भने सुनको मूल्य स्थिर थियो ।
सोमबार सुनको मूल्य तोलामा एक हजार एक सय रूपैयाँ बढेर एक लाख ३ हजार रूपैयाँमा कारोबार भएको थियो । त्यसभन्दा अघि आइतबार छापावाल सुन तोलामा २ हजार बढेर एक लाख एक हजार ९ सय रूपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै आज तेजावी सुन प्रतितोला एक लाख २ हजार पाँच हजार रूपैयाँमा कारोबार भइरहेको छ । बुधबार चाँदी तोलामा ४० रूपैयाँ बढेर १ हजार ४५० रूपैयाँमा कारोबार भइरहेको छ ।
मंगलबार चाँदी प्रतितोला एक हजार ४१० रूपैयाँमा कारोबार भइरहेको हो ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया