NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ४ गते

एकैदिन सुनको मूल्य २५०० ले उकालो, तोलामा एक लाख ५ हजार ५०० रूपैयाँमा कारोबार हुँदै

काठमाडाैं । सुनको मूल्य निरन्तर उकालो लाग्ने क्रममा छ । केही दिनदेखि उच्च मूल्यमा बढ्दै आएको सुनको मूल्य आज पनि उच्च मूल्यले बढेको छ ।

आज सुनको मूल्य तोलामा २ हजार ५ सय रूपैयाँ बढेर एक लाख पाँच हजार पाँच सय रूपैयाँमा कारोबार भइरहेको छ । यो हालसम्मकै उच्च मूल्य हो । मंगलबार भने सुनको मूल्य स्थिर थियो ।

सोमबार सुनको मूल्य तोलामा एक हजार एक सय रूपैयाँ बढेर एक लाख ३ हजार रूपैयाँमा कारोबार भएको थियो । त्यसभन्दा अघि आइतबार छापावाल सुन तोलामा २ हजार बढेर एक लाख एक हजार ९ सय रूपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै आज तेजावी सुन प्रतितोला एक लाख २ हजार पाँच हजार रूपैयाँमा कारोबार भइरहेको छ । बुधबार चाँदी तोलामा ४० रूपैयाँ बढेर १ हजार ४५० रूपैयाँमा कारोबार भइरहेको छ ।

मंगलबार चाँदी प्रतितोला एक हजार ४१० रूपैयाँमा कारोबार भइरहेको हो ।

ताजा अपडेट

नेपालवाच विशेष