चाँगुनारायण स्मार्ट नगरपालिका घोषणा
काठमाडाैं । चाँगुनारायण नगरपालिकालाई स्मार्ट पालिका घोषणा गरिएको छ । नगरपालिकालाई प्रविधिमैत्री बनाएसँगै मंगलबार स्मार्ट पालिका घोषणा गरिएको हो ।
नगरप्रमुख सोमप्रसाद मिश्रले नागरिकले लिने सबै सेवालाई सूचना प्रविधिमैत्री बनाउँदै सहज पहुँच पुर्याउने आफूले लिएको उद्देश्य पूरा भएको भन्दै नगरपालिकालाई स्मार्ट नगरपालिकाको अवधारणाअनुसार काम अघि बढाएको बताए ।
नगरप्रमुख मिश्रले भने, ‘कोरोना महामारीले धेरै कुरा सिकायो, सेवाग्राहीको वडा कार्यालयमा लाग्ने गरेको भीड घटाउन र सहजरूपमा आवश्यक सेवा पुर्याउन लिइएको अपेक्षा पूरा गरेको छ, अब नगरपालिकालाई स्मार्ट पालिका बनाइएको छ, यसले सुशासनयुक्त नगरपालिका बनाउने अवधारणा पूरा भएको छ ।’
स्मार्ट पालिकाका संस्थापक मनोज भट्टराईले चाँगुनारायणलाई स्मार्ट पालिका बनाउन आवश्यक प्राविधिक जिम्मेवारी पूरा गर्न सफल भएको भन्दै संघीय संरचनामा देश गइरहेको अवस्थामा देशलाई नै प्रविधिमैत्री बनाउनका आवश्यक सहयोग गर्न आफ्नो संस्था तयार रहेको बताए ।
त्यस अवसरमा नक्सा शाखाका अरूण भण्डारीले नगरपालिकामा विगत दुई वर्षदेखि काम गरिरहेको जनाउँदै नगरपालिकाका सबै सडक, टोल, चोकको नामाकरण गरिएको र डिजिटल नम्बरिङसमेत गरिएको बताए । कार्यक्रममा अभिनेत्री एवं स्मार्ट पालिकाकी ब्राण्ड एम्बेसडर सुरक्षा पन्तले स्मार्ट पालिका झन्झटिलो नभएको र नागरिकमैत्री भएको बताइन् ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया