लडाकू विमान युक्रेन पठाउने पोल्यान्डको प्रस्ताव अमेरिकाले अस्वीकार गर्यो
वासिंटन । पोल्यान्डले युक्रेनमा मिग-२९ लडाकू विमानहरु पठाउन गरेको प्रस्ताव अमेरिकाले अस्वीकार गरेको छ । जर्मनीमा रहेको अमेरिकी एयरबेसबाट उक्त लडाकू विमानहरु युक्रेन पठाउन गरिएको प्रस्ताव अमेरिकाले अस्वीकार गरेको हो । पोल्यान्डको प्रस्तावले सम्पूर्ण नेटो गठबन्धनमा ‘गम्भीर चिन्ता’ बढाउने बताइएको छ ।
युक्रेनका राष्ट्रपति भ्लाद्मिर जेलेन्स्कीले आफ्नो वायुसेनालाई लडाकू विमान पठाउन बारम्बार गरेको आग्रहका बीच मंगलबार वार्साले उक्त प्रस्ताव गरेको हो । पोल्यान्डले रुसमा बनेका मिग-२९ लडाकू विमानहरु जर्मनीको रामस्टेनस्थित अमेरिकी बेसमा पठाउने र त्यसपछि युक्रेनमा तैनाथ गर्ने प्रस्ताव गरेको थियो ।
अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता जोन किर्बीले युक्रेनलाई लिएर रुससँगको विवादित हवाई क्षेत्रमा अमेरिकी बेसबाट विमानहरु उडाउँदा यसले नेटो गठबन्धनमा गम्भीर प्रभाव पार्ने बताउँदै उक्त प्रस्ताव अस्वीकार गरेका हुन् ।
‘हामी पोल्यान्ड र नेटो गठबन्धनका अन्य सदस्यहरुसँग यस बारेमा र यसका चुनौतीबारे छलफल जारी राख्नेछौं तर हामी यो प्रस्तावलाई न्यायोचित मान्दैनौं’ किर्बीले भनेका छन् ।
ताजा अपडेट
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो


प्रतिक्रिया