सञ्चारमन्त्री कार्कीसँग अमेरिकी राजदूतको भेट

सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं नेपाल सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीसँग नेपालका लागि संयुक्त राज्य अमेरिकाका राजदूत र्यान्डी बेरीले शिष्टाचार भेटवार्ता गरेका छन् ।
मन्त्रालयमा आज भएको भेटमा उनीहरुबीच द्विपक्षीय आपसी हितका विविध विषयमा कुराकानी भएको मन्त्रीको सचिवालयले जनाएको छ । भेटमा मन्त्री कार्कीले अमेरिकाले नेपालको आर्थिक विकास तथा पूर्वाधार निर्माणमा विगतदेखि गर्दै आएको सहयोगका लागि आभार व्यक्त गर्दै आगामी दिनमा थप सहयोग निरन्तरताको अपेक्षा गरेका थिए ।
सो अवसरमा राजदूत बेरीले नेपाल र अमेरिकाबीच मैत्रीसम्बन्ध कायम भएदेखि नै दुई देशबीच सुमधुर सम्बन्ध रहदै आएको उल्लेख गर्दै अमेरिकाले नेपाललाई प्राथमिकताका साथ विविध क्षेत्रमा सहयोग गर्दै आएको बताएका थिए ।
ताजा अपडेट
-
कामपामा सबैभन्दा बढी भवन खाली गराइ पाउँ भन्ने विवाद
-
७७ वर्षीय बालकृष्णको ड्रागन फ्रुट खेती, वार्षिक १० लाख आम्दानी
-
राहदानी नागरिकको विलासिताको वस्तु होइन, आधारभूत अधिकार हो : परराष्ट्रमन्त्री देउवा
-
समृद्ध समाज निर्माणमा बकर ईद पर्वले प्रेरणा दिइरहोस् : प्रधानमन्त्री
-
पोखरीमा डुबेर दुई बालकको मृत्यु
प्रतिक्रिया