NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ५ गते

नेपाल आयल निगमको कार्यकारी निर्देशककमा ३ जना सिफारिस

नेपाल आयल निगम लिमिटेडको कार्यकारी निर्देशकमा नियुक्त गर्नका लागि ३ जनाको नाम सिफारिस गरेको छ । सिफारिस समितिले हिजो (फागुन २५ गते) राति  उत्कृष्ट ३ जनाको नाम सरकारसमक्ष पेश गरेको हो ।

सिफारिसमा परेकाहरूमा नेपाल विद्युत प्राधिकरणका पूर्वसञ्चालक उमेशप्रसाद थानी, विशेष आर्थिक क्षेत्र (सेज) कार्यकारी निर्देशक डा. चण्डिकाप्रसाद भट्ट र अवकाश प्राप्त सरकारका सहसचिव जीवनप्रकाश सिटौला रहेका छन् । सिफारिसका आधार मन्त्रिपरिषद्ले एक जनालाई निगमको कार्यकारी निर्देशक नियुक्त गर्नेछ ।

सरकारले तत्कालीन कार्यकारी निर्देशक सुरेन्द्र पौडेलको कार्यकाल पूरा भएपछि नयाँ कार्यकारी निर्देशक नियुक्तिका लागि गत पुस २५ गते खुला प्रतिस्पर्धाको सूचना निकालेको थियो । त्यसमा १७ जनाको आवेदन परेकोमा एक जनाको मापदण्ड अर्थात् योग्यता कमजोर भएकोले रद्द भएको थियो ।

बाँकी १६ जनाबाट सिफारिस समितिले ३ जनाको सूची तयार गरेको हो । सिफारिसमा परेका तीन जनामध्ये थानीको नियुक्ति लगभग पक्का छ ।

 

ताजा अपडेट

नेपालवाच विशेष