नेपाल आयल निगमको कार्यकारी निर्देशककमा ३ जना सिफारिस
नेपाल आयल निगम लिमिटेडको कार्यकारी निर्देशकमा नियुक्त गर्नका लागि ३ जनाको नाम सिफारिस गरेको छ । सिफारिस समितिले हिजो (फागुन २५ गते) राति उत्कृष्ट ३ जनाको नाम सरकारसमक्ष पेश गरेको हो ।
सिफारिसमा परेकाहरूमा नेपाल विद्युत प्राधिकरणका पूर्वसञ्चालक उमेशप्रसाद थानी, विशेष आर्थिक क्षेत्र (सेज) कार्यकारी निर्देशक डा. चण्डिकाप्रसाद भट्ट र अवकाश प्राप्त सरकारका सहसचिव जीवनप्रकाश सिटौला रहेका छन् । सिफारिसका आधार मन्त्रिपरिषद्ले एक जनालाई निगमको कार्यकारी निर्देशक नियुक्त गर्नेछ ।
सरकारले तत्कालीन कार्यकारी निर्देशक सुरेन्द्र पौडेलको कार्यकाल पूरा भएपछि नयाँ कार्यकारी निर्देशक नियुक्तिका लागि गत पुस २५ गते खुला प्रतिस्पर्धाको सूचना निकालेको थियो । त्यसमा १७ जनाको आवेदन परेकोमा एक जनाको मापदण्ड अर्थात् योग्यता कमजोर भएकोले रद्द भएको थियो ।
बाँकी १६ जनाबाट सिफारिस समितिले ३ जनाको सूची तयार गरेको हो । सिफारिसमा परेका तीन जनामध्ये थानीको नियुक्ति लगभग पक्का छ ।
ताजा अपडेट
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए
-
कीर्तिपुरमा कारमा आगलागी हुँदा एकजनाको मृत्यु


प्रतिक्रिया