सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडाैं । केही दिनदेखि उच्च मूल्यमा बढ्दै आएको सुनको मूल्य आज भने घटेको छ । नेपाल सुनचाँदी बजारमा आज सुनको मूल्य प्रतितोला तीन हजार पाँच सय रूपैयाँ घटेर एक लाख २ हजार रूपैयाँमा कारोबार भइरहेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन तोलामा २ हजार ५ सय रूपैयाँ बढेर एक लाख पाँच हजार पाँच सय रूपैयाँमा कारोबार भएको थियो । जुन हालसम्मकै उच्च मूल्य थियो ।
मंगलबार भने सुनको मूल्य स्थिर थियो । सोमबार सुनको मूल्य तोलामा एक हजार एक सय रूपैयाँ बढेर एक लाख ३ हजार रूपैयाँमा कारोबार भएको थियो । त्यसभन्दा अघि आइतबार छापावाल सुन तोलामा २ हजार बढेर एक लाख एक हजार ९ सय रूपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै बुधबार प्रतितोला एक लाख पाँच हजार पाँच हजार रूपैयाँमा कारोबार भएको तेजावी सुन बिहीबारको लागि एक लाख एक हजार पाँच सय रूपैयाँ कायम भएको छ ।
आज चाँदीको मूल्य पनि घटेको छ । बुधबार तोलामा ४० रूपैयाँ बढेर १ हजार ४५० रूपैयाँमा कारोबार चाँदी आज ४५ रूपैयाँ घटेर एक हजार ४०५ रूपैयाँमा कारोबार भइरहेको हो ।
ताजा अपडेट
-
यस्तो छ आज विदेशी मुद्राको विनिमय दर
-
राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची
-
त्रिभुवन विमानस्थलको अध्यागमनमा खादा, माला र संस्थागत पहिचानका सामग्री प्रयोगमा प्रतिबन्ध
-
पाटन अदालतको इतिहासमा पहिलो पटक दुईवर्षे मुद्दा शून्यमा
-
आगामी आर्थिक वर्षका लागि त्रिविको २८ अर्ब बजेट पारित
प्रतिक्रिया