पञ्जाबमा केजरीवालको पार्टी ‘आम आद्मी’ लाई भारी बहुमत
काठमाडाैं । भारतको पञ्जाब राज्यमा आम आद्मी पार्टीले बहुमतका साथ सरकार बनाउने निश्चित भएको छ । बिहीबार अपरान्ह्सम्म ४४ सिटमा विजयी भइसकेको छ भने ४८ सिटमा आम आद्मीले अग्रता लिएको छ । पञ्जाबको विधानसभामा १ सय १७ सिट रहेको छ ।
लगातार तेस्रो पटकसम्म दिल्लीको मुख्यमन्त्री बनेका अरविन्द केजरीवालले आम आद्मी पार्टी सन् २०१२ मा गठन गरेका थिए । भ्रष्टाचारविरुद्ध अन्ना हजारेले गरेको आन्दोलनका कार्यकर्ता केजरीवालको पार्टीले पञ्जाबमा भारी समर्थन पाएको छ । पार्टी गठन गरेको १० वर्षमा दिल्लीपछि पञ्जाबलाई आफ्नो पकडमा लिन केजरीवाल सफल भएका छन् ।
पञ्जाबमा आम आदमीले आफ्ना पुराना नेता भगवन्त मानलाई मुख्यमन्त्रीको उम्मेदवार बनाएर निर्वाचन लडेका थिए । भगवन्त मानलाई एक कमेडियन तथा राजनेताका रुपमा चिनिन्छ ।
पञ्जाबका मुख्यमन्त्री चरणजीत सिंह चन्नीले ट्विट गरेर कांग्रेसको हार स्वीकार्दै आम आदमी पार्टीलाई बधाई दिएका छन् । यसभन्दा अघि पञ्जाब कांग्रेस प्रमुख नवजोत सिंह सिद्धूले पनि आम आदमीलाई बधाई दिएका थिए ।
ताजा अपडेट
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो


प्रतिक्रिया