‘२ नम्बरी’बाट पललाई हटाइने, अर्कै नायकको खोजी हुँदै
काठमाडाैं । नायक पल शाह फिल्म ‘२ नम्बरी’ बाट हट्ने भएका छन् । एक नाबालिग गायिकालाई बलात्कार गरेको अभियोगमा हिरासतमा रहेका नायक शाहलाई उक्त फिल्मबाट निर्माण टिमले हटाउने भएका हुन् ।
फिल्मका निर्देशक दीपेन्द्र लामाका अनुसार फिल्ममा पल शाहको ठाउँमा अर्को कलाकार लिएर काम गर्ने तयारी गरेको छ । नायक शाहलाई हटाउने निर्णय भने भइनसकेको निर्माण पक्षले जानकारी दिएका छन् । निमार्ण पक्षले नायक शाहको ठाउँमा अर्का कलाकार राखेर काम सुरू भने गर्ने तयारी गरेको छ ।
पहिलो चरणको कोरोना महामारीको कारण रोकिएको फिल्मको छायांकन बल्ल अहिले सुरु हुन लागेको हो । फिल्मको १ चैत्रबाट छायांकन सुरु हुने तयारीमा रहेको जनाएको छ ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया