यस्तो छ आउँदो तीन आर्थिक वर्षको अनुमानित आर्थिक वृद्धिदर

काठमाडाैं । राष्ट्रिय स्रोत अनुमान समितिले आगामी तीन वर्षको राष्ट्रिय स्रोतको अनुमान तथा खर्चको सीमा निर्धारण गरेको छ । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. विश्वानथ पौडेलको संयोजकत्वमा रहेको समितिले अनुमान तथा खर्चकोे सीमा निर्धारण गरेको हो ।
खर्च सीमा र स्रोत अनुमान गर्दा आगामी तीन वर्षको आर्थिक वृद्धिदर आर्थिक वर्ष २०७९/७० मा ६ं५ प्रतिशत बढ्ने अनुमान गरेको छ । त्यस्तै आव २०८०/८१ मा ६.९ प्रतिशत र २०८१/८२ मा ६.५ प्रतिशतले बढ्ने अनुमान छ ।
यसैगरी मुद्रास्फीति पहिलो वर्ष ७ प्रतिशत र दोस्रो र तेस्रो वर्ष ६.५ प्रतिशतको सीमाभित्र रहने समितिको अनुमान छ ।
ताजा अपडेट
-
रोनाल्डो फिफा क्लब विश्वकपमा सहभागी नहुने
-
गण्डकी प्रदेश सभामा नीति तथा कार्यक्रममाथि छलफल
-
अमेरिकासँगको करसम्बन्धी वार्तामा ‘प्रगति’, सम्झौता हुन बाँकी : जापान
-
आर्थिक अभावले उपचार नपाउने अवस्थाको अन्त्य हुनुपर्छ : प्रधानमन्त्री
-
अमेरिकी भन्सार शुल्कवृद्धि अन्तर्राष्ट्रिय मापदण्डविरुद्ध’
प्रतिक्रिया