सप्तरीमा संस्थापन पक्षलाई झट्का, शेखर पक्षका यादव सभापतिमा निर्वाचित
काठमाडौं । कांग्रेस सप्तरी जिल्ला सभापतिमा रामदेव साह निर्वाचित भएका छन् । संस्थापन शेरबहादुर देउवा पक्षका उम्मेदवार शत्रुधनप्रसाद यादवलाई पराजित गर्दै साह सभापतिमा विजयी भएका हुन् ।
निर्वाचित साहले ११८६ मत ल्याए । पराजित यादव ११६ मतले पछि पर्दै १०७० मतमा सीमित हुन पुगे ।
प्रदेश २ का सिरहा, महोत्तरी, रौतहट र पर्सामा संस्थापन पक्षले जितेको छ । सप्तरीमा शेखर पक्षले जित्दा धनुषामा विमलेन्द्र निधि पक्षका उम्म्मेदवारले जित्ने देखिएको छ । सर्लाहीमा अधिवेशन नै हुन बाँकी छ । बाराको पनि नतिजा आउँदै छ ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया