साताको अन्तिम दिन सुनको मूल्य ६ सय रूपैयाँले उकालो

काठमाडाैं । यो साता उच्च मुल्यका साथ बढेको सुनको मूल्य साताको अन्तिम दिन पनि बढेको छ । आज सुनको मुल्य तोलामा ६ सय रूपैयाँ बढेर एक लाख २ हजार ६ सय रूपैयाँमा कारोबार भइरहेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन तोलामा तीन हजार पाँच सय रूपैयाँ घटेर एक लाख २ हजार रूपैयाँमा कारोबार भएको थियो ।
महासंघका अनुसार बुधबार छापावाल सुन तोलामा २ हजार ५ सय रूपैयाँ बढेर एक लाख पाँच हजार पाँच सय रूपैयाँमा कारोबार भएको थियो । जुन हालसम्मकै उच्च मूल्य थियो ।
मंगलबार भने सुनको मूल्य स्थिर थियो । सोमबार सुनको मूल्य तोलामा एक हजार एक सय रूपैयाँ बढेर एक लाख ३ हजार रूपैयाँमा कारोबार भएको थियो । त्यसभन्दा अघि आइतबार छापावाल सुन तोलामा २ हजार बढेर एक लाख एक हजार ९ सय रूपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै बिहीबारको लागि एक लाख एक हजार पाँच सय रूपैयाँ कायम गरिएको तेजावी सुनको मूल्य आजको लागि एक लाख २ हजार एक सय रूपैयाँ तोकिएको छ ।
आज चाँदीको मूल्य तोलामा १० रूपैयाँ घटेको छ । महासंघका अनुसार बिहीबार तोलामा ४५ रूपैयाँ घटेर एक हजार ४०५ रूपैयाँमा कारोबार भएको चाँदी आज एक हजार ४१५ रूपैयाँमा कारोबार भइरहेको हो ।
ताजा अपडेट
-
सहकारीका बचतकर्ताको पौने चार अर्ब फिर्ता
-
प्रमुख प्रशासकीय अधिकृतसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
-
समयमै मल र बीउ पुर्याउने गरी कानुन बनाउन लागेका छौँ : कृषि मन्त्री अधिकारी
-
कर्णाली करिडोरलाई चीन र भारतसँगको व्यापारिक मार्गका रुपमा अघि बढाइन्छ : प्रधानमन्त्री ओली
-
शिक्षा विधेयकमा सहमति जुटाउन सरकारलाई पाँच दिनको समय
प्रतिक्रिया