NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १३ गते

ग्लोबल आइएमई बैंक र कामना सेवा विकास बैंकबीच समझदारी पत्रमा हस्ताक्षर

काठमाडाैं । ग्लोबल आइएमई बैंक र कामना सेवा विकास बैंकबीच कामना सेवा विकास बैंकका ग्राहकलाई आवश्यक पर्ने गैर कोषमा आधारित बैंकिङ सुविधा उपलब्ध गराउन समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

सम्झौता अनुसार कामना सेवा विकास बैंकका ग्राहकहरुले आफ्नो व्यवसायलाई आवश्यकता पर्ने गैर कोषमा आधारित प्रतीत पत्र (लेटर अफ क्रेडिट), बैंक ग्यारेण्टी, डकुमेन्ट अगेन्स्ट पेमेन्ट, डकुमेन्ट अगेन्स्ट असेप्टेन्स, ट्रेड ट्रान्जेक्सन बैंकिङ आदि सुविधा कामना सेवा विकास बैंकको सिफारिसमा ग्लोबल आइएमई बैंकमार्फत उपभोग गर्न सक्नेछन ।

उक्त समझदारी पत्रमा ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य र कामना सेवा विकास बैंकका प्रमुख कार्यकारी अधिकृत प्रविन बस्नेतले हस्ताक्षर गरेका छन् ।

ग्लोबल आइएमई बैंकले मुलुकभर तथा मुलुकबाहिर गरी सबै क्षेत्र र वर्गसम्म बैंकिङ सेवाको पहुँच पु-याउने उद्देश्यले ७६ जिल्लामा बैंकका २८७ शाखा, २५२ एटीएम, २७४ शाखारहित बैंकिङ सेवा, ५० एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी करिब ८६० सेवा केन्द्रबाट २८ लाखभन्दा बढी ग्राहकलाई सेवा प्रदान गरिरहेको छ ।

यसैगरि ‘प्रगतिको आधार कामना सेवा संग कारोबार’ भन्ने नाराका साथ सन् २०१७ मा स्थापित कामना सेवा विकास बैंकले नेपालमा अग्रणी विकास बैंकको रूपमा आफ्नो परिचय बनाएको छ । बैंकले देशभर रहेका आफ्ना १२९ वटा शाखा कार्यलय, ४ वटा शाखारहित बैंकिङ, १ एक्सटेन्सन काउन्टर तथा ७७ वटा एटीएममार्फत सेवा प्रवाह गर्दै आएको छ ।

ताजा अपडेट

नेपालवाच विशेष