NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २३ गते

स्वयंसेवी लडाकु पठाउने योजना पुटिनद्धारा समर्थन

मस्काे । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले शुक्रबार स्वयंसेवकहरूलाई युक्रेनमा लड्न अनुमति दिने योजनालाई समर्थन गरेका छन् । उनले युक्रेनमा जारी युद्धलाई विशेष सैन्य कारबाही पनि भनेका छन् ।

‘यदि स्वैच्छिक आधारमा (पूर्वी युक्रेनका पृथकतावादीहरूलाई मद्दत गर्न) चाहने मानिसहरू देखेमा उनीहरूलाई लडाई क्षेत्रहरूमा जान मद्दत गर्नुपर्छ’, पुटिनले रक्षामन्त्री सर्गेई शोइगु दुरलाई भनेका छन् ।

रक्षामन्त्री सर्गेईले बैठकमा मध्यपूर्वमा १६ हजार स्वयंसेवकहरू विद्रोही सेनासँग लड्न युक्रेन जान तयार रहेको बताएको रोयटर्स समाचार एजेन्सीले लेखेको छ ।