युक्रेनबाट २५ लाख विस्थापितः राष्ट्र संघ
एजेन्सी । संयुक्त राष्ट्रसंघको आप्रवासनसम्बन्धी निकायले युक्रेनी शरणार्थीको संख्या २५ लाख पुगेको बताएको छ । तीमध्ये झण्डै १ लाख १५ हजार तेस्रो देशका नागरिकहरू रहेका छन् ।
अर्को २० लाख मानिसहरू युक्रेनभित्रै विस्थापित भएका राष्ट्र संघको मानवीय सहायता मामिलासम्बन्धी निकायले जनाएको छ ।
‘अत्यावश्यक मानवीय सहायताको खाँचोमा परेका मानिसहरूको संख्या प्रत्येक घण्टामा बढ्दै गएको छ,’ आप्रवासनका लागि अन्तर्राष्ट्रिय संगठन (आइओएम) ले ट्वीट गरेको छ । युक्रेनमा फेबु्रअरी २४ देखि रुसले लगातार आक्रमण गरिरहेको छ ।
ताजा अपडेट
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा
-
नवरात्रको नवौँ दिन: शक्तिपीठमा भक्तजनको घुइँचो
-
मासु खाँदा हड्डी अड्किए के गर्ने, के नगर्ने ?
-
गेटामा एमबीबीएस सञ्चालनको अनुमति खारेज गर्न डा. केसीको माग, एक साताको अल्टिमेटम


प्रतिक्रिया