महानगरको प्रमुख-उपप्रमुख लड्नेले साढे ७ लाखमात्रै खर्च गर्न पाउने (विवरणसहित)
काठमाडौं । आगामी बैशाख ३० मा हुने स्थानीय निर्वाचनमा उम्मेदवारले कति खर्च गर्ने पाउने भन्ने सीमा निर्धारण गरेको छ । निर्वाचन आयोगले २०७४ सालको स्थानीय निर्वाचनमै तोकिएको खर्च सीमालाई निरन्तरता दिएको हो ।
शुक्रबार राजनीतिक दलका प्रतिनिधिहरूसँग गरेको छलफलमा आयोगले उम्मेदवारको खर्च सीमाबारे जानकारी दिएको छ । जसमा महानगरपालिकाको मेयर वा उपमेयरका उम्मेदवारले बढीमा ७ लाख ५० हजार मात्रै खर्च गर्न पाउने भएका छन् ।
कसले कति खर्च गर्न पाउने ? यस्तो छ विवरण :
- महानगरको प्रमुख वा उपप्रमुखको प्रत्यासी : बढीमा ७ लाख ५० हजार खर्च गर्न पाउने
- उपमहानगरपालिकाको प्रमुख वा उपप्रमुखको उम्मेदवार : बढीमा ५ लाख ५० हजार
- नगरपालिकाको प्रमुख वा उपप्रमुखको उम्मेदवार : बढीमा ४ लाख ५० हजार
- गाउँपालिकाको अध्यक्ष वा उपाध्यक्षले : बढीमा ३ लाख ५० हजार
- महानगरको वडा अध्यक्ष वा सदस्यको उम्मेदवारले बढीमा ३ लाख
- उपमहानगरको वडाध्यक्ष वा सदस्यको उम्मेदवारले बढीमा २ लाख ५० हजार
- नगरपालिकाको वडाध्यक्ष वा सदस्यको उम्मेदवार : बढीमा २ लाख
- गाउँपालिकाको वडाध्यक्ष वा सदस्यको उम्मेदवार : बढीमा १ लाख ५० हजार ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया