श्रीलंकामा चौथो अभ्यास खेलमा नेपाल पराजित
काठमाडौं । यस अघिका तीनवटा अभ्यास खेल जितेको नेपाली टिमले चौथो खेलमा भने श्रीलंकामा पराजय बेहोरेको छ । शुक्रबार फरकफरक टिम र अन्तर्राष्ट्रिय खेल खेलिसकेका खेलाडी सम्मिलित टिमसँग नेपाली टोली ९२ रनले पराजित भएको हो । २३३ रनको लक्ष्य पछ्याएको नेपाली टोलीले १४० रनमै समेटिएको हो ।
युएईमा एक दिवसीय सिरिज खेल्न जानु अघिको अभ्यास खेलका लागि नेपाली टोली श्रीलंकामा छ ।
श्रीलंकन टोलीले ४८.२ ओभरमा २३२ रन बनाएको थियो । तर नेपाली टिमको लागि ब्याटिङमा खेलाडी नजम्दा टिम पराजित हुन पुग्यो ।
नेपालका लागि ज्ञानेन्द्र मल्लले सर्वाधिक ४६ रन बनाए । कुशल भुर्तेतलले ३२ रन बनाउँदा रोहित पौडेलले २१ रन बनाए ।
श्रीलंकन टिमका लागि असिस्था फर्नाण्डोले ५६ र सन्दुन विरकोडीले ४९ रन बनाए ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया