भेरीमा नुहाउन गएका तीन बालबालिका बेपत्ता

वीरेन्द्रनगर । भेरी नदीमा नुहाउने क्रममा तीन बालबालिका बेपत्ता भएका छन् । सुर्खेतको भेरिगङ्गा नगरपालिका–११, रामघाटस्थित भेरी नदीमा नुहाउने क्रममा तीन बालबालिका बेपत्ता भएका हुन् ।
आज साँझ ५ बजेको समयमा उनीहरू नुहाउने क्रममा बेपत्ता भएका जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । स्थानीयका अनुसार बेपत्ता हुनेमा भेरीगङ्गा नगरपालिका–११ का १० वर्षीय गङ्गा खड्का, आठ वर्षीय कृष्णा सिजाली र १० वर्षीय दिनेश बुढा रहेका छन् ।
बेपत्ता बालबालिकाको नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र स्थानीयले खोजी कार्य जारी राखेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीले जानकारी दिए ।
ताजा अपडेट
-
बाढीको जोखिमले राजमार्ग छेउ बस्न बाध्य वनहराका भूमिहीन परिवार
-
निजामती विधेयक अनधिकृत रूपमा परिवर्तन गरिनु संसद्प्रति अपमान हो : डा. शेखर कोइराला
-
वीरगञ्ज भन्सार : भारतबाट आयात चार खर्ब ३४ अर्ब, निर्यात ८७ अर्ब
-
आज दुई संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
-
पशुपति क्षेत्र विकास कोषको निमित्त सदस्य सचिवमा जोशी
प्रतिक्रिया