सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडाैं । साताको पहिलो आइतबार सुनको मुल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलामा २ सय रूपैयाँ बढेर एक लाख दुइ हजार ८ सय रूपैयाँमा कारोबार भइरहेको हो ।
गत शुक्रबार छापावाल सुन तोलामा ६ सय रूपैयाँले बढेर एक लाख २ हजार ६ सय रूपैयाँमा कारोबार भएको थियो । त्यस्तै आज तेजावी सुन तोलामा एक लाख २ हजार तीन सय रूपैयाँमा कारोबार भइरहेको छ । गत शुक्रबारको लागि तेजावी सुन तोलामा एक लाख २ हजार एक सय रूपैयाँ तोकिएको थियो ।
आज चाँदीको मूल्य तोलामा १० रूपैयाँ बढेको छ । महासंघका अनुसार गत शुक्रबार तोलामा एक हजार ४१५ रूपैयाँमा कारोबार भएको चाँदी आज एक हजार ४२५ रूपैयाँमा कारोबार भइरहेको छ ।
ताजा अपडेट
-
हिमतालको जोखिम घटाउन जिसिएफको पाँच अर्ब अनुदान
-
नेप्से परिसूचक २८ अंकले बढ्यो
-
नेपालको कृषि क्षेत्रमा प्रत्यक्ष वैदेशिक लगानीका लागि परराष्ट्र मन्त्रीको आग्रह
-
मनसुनका एक महिना : ६७४ घटना, ३१ जनाको मृत्यु, ११२ घाइते
-
सिक्टा सिँचाइ : पश्चिमी मूल नहरको छैटौँ शाखा नहर निर्माण सम्पन्न
प्रतिक्रिया