प्रतिनिधिसभा बैठक : प्रधानन्यायाधीश राणाविरुद्धको महाभियोग प्रस्तावमा छलफल हुँदै
काठमाडौं । प्रतिनिधिसभाको आइतबार बस्ने बैठकमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाविरुद्धको प्रस्तावमा छलफल हुँदैछ । बैठकको सम्भावित कार्यसूचीमा महाभियोगकाे विषय अघि बढाउने भन्ने छ । संसद् सचिवालयले महाभियोगमाथि आइतबारबाट समय निर्धारण गर्ने भएको हो । महाभियोगका प्रस्तावकले प्रतिनिधिसभामा प्रस्ताव पेश गरेपछि आजबाट सामान्य छलफल हुन लागेको हो ।
प्रस्तावकले प्रतिनिधिसभामा प्रस्ताव राखेपछि पहिले सामान्य छलफल हुनेछ । सांसदले बोलेर सकिएपछि त्यसलाई महाभियोग सिफासिरस समितिमा पठाउने विकल्प छ ।
२२ फागुनमा प्रतिनिधिसभाले महाभियोग सिफारिस समिति गठन गरेको थियो । ११ सदस्यीय यो समितिमा सत्ता पक्ष, प्रतिपक्षसहितका दलबाट प्रतिनिधि छन् ।
प्रतिनिधिसभामा सामान्य छलफलपछि यो प्रस्ताव सिफारिस समितिमा जानेछ । त्यसपछि प्रधान्यायाधीश राणमाथि छानविनको प्रक्रिया अघि बढ्नेछ । हतारमा महाभियोग ल्याएको तर प्रक्रिया छिटो अगाडि नबढाएको भनेर दलहरूको आलोचना बढेको छ ।
माओावादीका प्रमुख सचेतक देव गुरुङ, नेकपा एकीकृत समाजवादीका प्रमु्ख सचेतक जीवनराम श्रेष्ठ र कांग्रेसका सचेतक पुष्पा भुसाल महाअिभयोगका प्रस्तावक हुन् । यी दलका ९५ सांसदको समर्थन रहेको छ ।
ताजा अपडेट
-
कराते टोली जापान प्रस्थान, खेलाडीलाई विमानस्थलको ‘भिआइपी’ सुविधा
-
बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य
-
संयुक्त राष्ट्रसङ्घले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी


प्रतिक्रिया