प्रतिनिधिसभा बैठक : प्रधानन्यायाधीश राणाविरुद्धको महाभियोग प्रस्तावमा छलफल हुँदै

काठमाडौं । प्रतिनिधिसभाको आइतबार बस्ने बैठकमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाविरुद्धको प्रस्तावमा छलफल हुँदैछ । बैठकको सम्भावित कार्यसूचीमा महाभियोगकाे विषय अघि बढाउने भन्ने छ । संसद् सचिवालयले महाभियोगमाथि आइतबारबाट समय निर्धारण गर्ने भएको हो । महाभियोगका प्रस्तावकले प्रतिनिधिसभामा प्रस्ताव पेश गरेपछि आजबाट सामान्य छलफल हुन लागेको हो ।
प्रस्तावकले प्रतिनिधिसभामा प्रस्ताव राखेपछि पहिले सामान्य छलफल हुनेछ । सांसदले बोलेर सकिएपछि त्यसलाई महाभियोग सिफासिरस समितिमा पठाउने विकल्प छ ।
२२ फागुनमा प्रतिनिधिसभाले महाभियोग सिफारिस समिति गठन गरेको थियो । ११ सदस्यीय यो समितिमा सत्ता पक्ष, प्रतिपक्षसहितका दलबाट प्रतिनिधि छन् ।
प्रतिनिधिसभामा सामान्य छलफलपछि यो प्रस्ताव सिफारिस समितिमा जानेछ । त्यसपछि प्रधान्यायाधीश राणमाथि छानविनको प्रक्रिया अघि बढ्नेछ । हतारमा महाभियोग ल्याएको तर प्रक्रिया छिटो अगाडि नबढाएको भनेर दलहरूको आलोचना बढेको छ ।
माओावादीका प्रमुख सचेतक देव गुरुङ, नेकपा एकीकृत समाजवादीका प्रमु्ख सचेतक जीवनराम श्रेष्ठ र कांग्रेसका सचेतक पुष्पा भुसाल महाअिभयोगका प्रस्तावक हुन् । यी दलका ९५ सांसदको समर्थन रहेको छ ।
ताजा अपडेट
-
बजेट अभावले कञ्चनपुरमा पुल निर्माणको काम प्रभावित
-
सभामुख घिमिरेले गरे संसदको अवरोध हटाउन प्रमुख दलका सचेतसँग छलफल
-
नागढुङ्गा-नौबिसे सडकमा थप ५ दिन सवारी आवागमन बन्द हुने
-
मेचीनगरमा ‘अफ्रिकन स्वाइन फ्लू’ र ‘लम्पी स्किन’को सङ्क्रमण पुष्टि
-
‘प्रचण्ड’ले बोलाए प्रतिपक्षी दलहरूको बैठक
प्रतिक्रिया