५ वर्षीय बालकको हत्या आरोपितलाई जिउँदै जलाइयो
काठमाडौं । पाँच वर्षीय बालकको हत्या आरोपितलाई ढोलजान चिया बगानका मानिसहरुको भिडले जिउँदै जलाइदिएको छ । भारतीय राज्य आसामको रोहमोरिया प्रहरी चौकीको क्षेत्र अन्तर्गत पर्ने उक्त स्थानमा बच्चाको हत्या गरेको भन्दै शनिबार जलाएका हुन् ।
डिबु्रगढ सहरबाट करिब २५ किलोमिटरको दूरीमा रहेको चिया बगानमा घटना भएको हो । प्रहरीका अनुसार पाँच वर्षीय बालक उज्जवल मुरा साथीसँग खेल्न आरोपित सुनीति तान्तीको घर छेउ पुगेका थिए । त्यही क्रममा तान्ती आक्रोशित हुँदै बच्चाको घाँटी रेटेर हत्या गरे ।
घटनाबारे थाहा पाएपछि चिया बगानका मानिसहरु त्यहाँ जम्मा भए र उनीहरुले आरोपितलाई पक्राउ गरे । पक्राउपछि तान्तीलाई जिउँदै जलाएका थिए । प्रहरीले अहिलेसम्म यस घटनामा संलग्न कसैलाई पनि पक्राउ गरेको छैन ।
ताजा अपडेट
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो


प्रतिक्रिया