एक सातदेखि कञ्चनजङ्घा संरक्षण क्षेत्रमा डढेलो

फुङ्लिङ । ताप्लेजुङमा अवस्थित कञ्चनजङ्घा संरक्षण क्षेत्रमा एक सातादेखि डढेलो लागि रहेको छ । सुख्खा मौसम हुन थालेसँगै संरक्षण क्षेत्रमा डढेलो लाग्न थालेको हो । फक्ताङलुङ गाउँपालिका–६ अम्जिलेसा क्षेत्रमा गत बिहीबार डढेलोबाट एक घर जलेर नष्ट भएको छ, भने सो डढेलो अहिलेसम्ममा नियन्त्रणमा आएको छैन ।
सुख्खा मौसम भएसँगै कञ्चनजङ्घा संरक्षण क्षेत्रमा आगलागी घटना बढ्न थालेको संरक्षण क्षेत्रको कार्यालयले जनाएको छ । डढेलो नियन्त्रणका लागि कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्का कर्मचारी, सामुदायिक वन उपभोक्ता समूह, आमा समूह र लुङ्थुङ प्रहरी चौंकीका प्रहरीद्वारा डढेलो नियन्त्रणको प्रयास भइरहेको कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद् अध्यक्ष खगेन्द्र फेम्बू लिम्बूले बताए । डढेलो नियन्त्रणका लागि स्थानीय जनशक्ति पहिचालन भइरहेको छ । डढेलो नियन्त्रणमा लिनका लागि सेकाथुम गाउँबाट थप जनशक्ति पहिचालन भएको संरक्षण क्षेत्रले जनाएको छ ।
यता संरक्षण क्षेत्र पर्ने फक्ताङलुङ गाउँपालिका–५ पताले सामुदायिक वनमा शनिबारदेखि डढेलो लागेको कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्का कार्यक्रम सहायक संयोजक जितेन लिम्बूले बताए । उनले भने, “डढेलो नियन्त्रणका लागि हामी जाँदै छौँ । अग्निरेखा कोरेर डढेलो नियन्त्रणको प्रयास भइरहेको छ ।”
संरक्षण क्षेत्रमा लामो समयसम्म वन जङ्गलमा डढेलो लाग्न रोकथाप भएको तर यसवर्ष भने संरक्षण क्षेत्रमा विभिन्न स्थानमा डढेलो लाग्ने क्रम चलिरहेको छ ।
डढेलो लाग्नको कारण खुल्न नसकेको संरक्षण क्षेत्रको कार्यालयले जनाएको छ । दुई हजार ३५ वर्ग किलो मिटर क्षेत्रफल फैलिएको संरक्षण क्षेत्र जैविक विविधताले भरिपूर्ण छ । संक्षेत्रका कूल क्षेत्र फलको १६।९ प्रतिशत वन क्षेत्र रहेको छ । दश प्रतिशत बुट्यान क्षेत्र पर्दछ । यस क्षेत्रमा हिउँ चितुवा, कस्तुरी मृग, हिमाली भालु, ब्वाँसोजस्ता दुर्लभ वन्यजन्तुको बासस्थान रहेको छ ।
लामो समयमा पनि डढेलो नियन्त्रणमा नआउँदा बहुमूल्य वनस्पति र दुलर्भ वन्यजन्यतु साथै जैविक विविधतामा सङ्कट आउन सक्ने स्थानीय संरक्षणकर्मीको भनाइ रहेको छ । ठूलो क्षति हुनबाट रोक्नका लागि डढेलो नियन्त्रणको प्रयास भइरहेको कञ्चनजङ्घा संरक्षण क्षेत्रको संरक्षण अधिकृत वाडेन रमेश यादवले बताए ।
ताजा अपडेट
-
भारतबाट फर्केका सुदूरपश्चिमका पाँच जनामा कोरोना सङ्क्रमण
-
मुलुकको अर्थतन्त्र विस्तारै लयमा फर्कँदै छ : महासचिव पोखरेल
-
मुन्दुम अन्तर्राष्ट्रिय कला सङ्ग्रहालय भवन निर्माणका लागि तीन करोड बजेट
-
नारायणगढ–बुटवल सडक खण्ड अवरुद्ध
-
मधेश प्रदेशद्वारा ‘बच्चाके स्कुल पठाऊ, साक्षरताके दीप जलाऊ’ कार्यक्रम घोषणा
प्रतिक्रिया