प्रचण्डले अझै भ्याएका छैनन् प्रकाश सपुतको गीत सुन्न
भन्छन्, ‘गीतलाई लिएर आवेगमा आउनु पर्दैन’

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्डले माओवादी जनयुद्धका लडाकुबारे प्रकाश सपुतले बनाएको गीत आफूले कार्यव्यस्तताका कारण सुन्न नपाएको बताएका छन् । साथै उनले यसलाई लिएर धेरै आवेगमा आउन आवश्यक नभएको प्रतिक्रिया दिए ।
सपुतले लडाकुको अपमान गरेको भन्दै माओवादी वृत्तबाट गीत हटाउन चेतावनी आइरहेका बेला सो पार्टीका अध्यक्षबाट यस्तो प्रतिक्रिया आएको हो ।
‘आफ्नो अनुभव, अनुभूति अनुसार मानिसले गीत–कविता सिर्जना गर्छन् । यसबारे बहस हुनसक्छ । तर कसैले माओवादी आन्दोलनको एउटा पाटोबारे चर्चा गर्यो भन्दैमा आवेगमा आउनुपर्ने म ठान्दिनँ,’ सपुतको चर्चामा रहेको गीतबारे धनगढीमा आयोजित पत्रकार सम्मेलनमा सोधिएको जिज्ञासामा प्रचण्डले भने ।
प्रचण्डले गायक प्रकाश सपुतको प्रशंसासमेत गरे । सपुतले सिर्जनात्मक ढंगले गीत बनाउने गरेको प्रचण्डको भनाइ छ ।
प्रचण्डले माओवादी जनयुद्धलाई एउटा पाटोबाट मात्र हेर्दा वस्तुगत नहुने भएकाले सबैतिरबाट पर्गेल्नुपर्ने आवश्यकता औंल्याए ।
ताजा अपडेट
-
सुदूरपश्चिम प्रदेशसभाः आगामी आर्थिक वर्षको बजेट पारित
-
‘निजामती विधेयक छेडखानीको नैतिक जिम्मा सभामुखले लिनुपर्छ’-माओवादी केन्द्र
-
कुमारी बैंकले सुरु गर्यो फोनेपे क्रेडिट कार्ड सेवा
-
‘ठूला जलविद्युत् आयोजना निर्माण सरकारको प्राथमिकतामा छन्’ : ऊर्जा मन्त्री खड्का
-
‘सेनालगायतका सुरक्षाकर्मीको सेवा सुविधा वृद्धि गर्न सरकार सकारात्मक’ : रक्षामन्त्री राई
प्रतिक्रिया