सुनको मुल्य ५ सय रूपैयाँ घट्यो

काठमाडाैं । सोमबार सुनको मूल्य तोलामा पाँच सय रूपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलामा एक लाख दुई हजार तीन सय रूपैयाँमा कारोबार भइरहेको छ ।
महासंघका अनुसार आइतबार छापावाल सुन तोलामाल दुई सय रूपैयाँ बढेर एक लाख दुइ हजार ८ सय रूपैयाँमा कारोबार भएको थियो । त्यस्तै आज तेजावी सुन तोलामा एक लाख एक हजार ८ सय रूपैयाँमा कारोबार भइरहेको छ ।
आइतबार तोलामा १० रूपैयाँ बढेको चाँदी सोमबार १० रूपयाँमा नै घटेको छ । महासंघका अनुसार आइतबार तोलामा एक हजार ४२५ रूपैयाँमा कारोबार भएको चाँदी सोमबार एक हजार ४१५ रूपैयाँमा कारोबार भइरहेको हो ।
ताजा अपडेट
-
हिमतालको जोखिम घटाउन जिसिएफको पाँच अर्ब अनुदान
-
नेप्से परिसूचक २८ अंकले बढ्यो
-
नेपालको कृषि क्षेत्रमा प्रत्यक्ष वैदेशिक लगानीका लागि परराष्ट्र मन्त्रीको आग्रह
-
मनसुनका एक महिना : ६७४ घटना, ३१ जनाको मृत्यु, ११२ घाइते
-
सिक्टा सिँचाइ : पश्चिमी मूल नहरको छैटौँ शाखा नहर निर्माण सम्पन्न
प्रतिक्रिया