सुनको मुल्य ५ सय रूपैयाँ घट्यो
काठमाडाैं । सोमबार सुनको मूल्य तोलामा पाँच सय रूपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलामा एक लाख दुई हजार तीन सय रूपैयाँमा कारोबार भइरहेको छ ।
महासंघका अनुसार आइतबार छापावाल सुन तोलामाल दुई सय रूपैयाँ बढेर एक लाख दुइ हजार ८ सय रूपैयाँमा कारोबार भएको थियो । त्यस्तै आज तेजावी सुन तोलामा एक लाख एक हजार ८ सय रूपैयाँमा कारोबार भइरहेको छ ।
आइतबार तोलामा १० रूपैयाँ बढेको चाँदी सोमबार १० रूपयाँमा नै घटेको छ । महासंघका अनुसार आइतबार तोलामा एक हजार ४२५ रूपैयाँमा कारोबार भएको चाँदी सोमबार एक हजार ४१५ रूपैयाँमा कारोबार भइरहेको हो ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया