NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ३१ गते
‘पिर’ विवादबारे बोले प्रकाश :

‘जनयुद्धको वास्तविकता प्रतीकात्मक रूपमा प्रस्तुत गरेको हुँ’

काठमाडौं । सर्जक प्रकाश सपुतले आफूले गीतमा जनयुद्धको वास्तविकतालाई प्रतीकात्मक रूपमा ‘पिर’ गीतमार्फत प्रस्तुत गरेको बताएका छन् । उनले आज सामाजिक सञ्जालमा आफ्नो धारणा सार्वजनिक गर्दै यसबाहेक कुनै राजनीतिक पूर्वाग्रह, नियत र उद्देश्य नराखिएको स्पस्ट पारेका छन् ।

‘प्रतीकात्मक रूपमा दृश्यहरू निर्माण गरेर बनाएको एउटा कमरेडको कथा हो ’पिर’ । यो बीचमा मैले यस्ता पात्रहरूको अवस्था, स्वभाव, सोचको अध्ययन गरें । केही पात्रसँग भेटेर कुराकानी पनि गरें । केही पात्र पढें । आम मानिसका भोगाइ र संवेदना बुने र भिडियो बनाएँ । मेरो पेशा र पहिचान यही हो’, उनले फेसबुकमा लेखेका छन् ।

प्रतीकात्मक रूपमा राखिएका यस्ता दृश्यले कसैको आत्मसम्मानमा असर पुग्न गएको छ भने त्यसप्रति आफूले आत्मालोचना गरिसकेको गायक सपुतले स्पष्ट पारेका छन् ।

‘एउटै गीतमा सबै दृष्टिकोण अटाउन सकिँदैन । पूरै बुझाइ आउँदैन । त्यसैले अर्को गीतमा अर्को कथा भन्नु त छँदैछ, त्यसमा अर्कै दृष्टिकोण समेटौला । अहिले अलि धेरै कोट्याएर हेरिएको एउटा दृश्य छ, त्यो आत्मसम्मानसँग जोडिएको प्रतीकात्मक दृश्य हो’, उनले प्रश्न गरेका छन्, ‘प्रतिकात्मक रुपमा राखिएका यस्ता दृश्यहरूले कसैको आत्मसम्मानमा असर पुग्न गएको छ भने म फेरि आत्मालोचना गर्छु । यद्यपि मैले भिडियोको सुरुमा यो कुरा लेखेको पनि छु । माफी मागेको छु । अब यस्ता पात्र छन् वा छैनन् भन्नेतर्फ नजाउँ । त्यसो हो भने मुना÷मदन छन् कि छैनन् ? सुम्निमा र सोमदत्त खोज्न कहाँ जाने ?’

माओवादीका भ्रातृ संगठनको आरोप : ‘पिर’ले महिलाको चरित्र हत्या गर्‍यो

नेतृत्वले बेवास्ता गरेका कारण माओवादीकी पूर्वलडाकु महिला आतमुख जोर्नकै लागि बाध्य भएर यौन पेशामा लागेको दृश्य गीतको भिडियोमा राखिएको छ । गीतप्रति माओवादी केन्द्रका भ्रातृ संगठनहरूले आपत्ति जनाउँदै युट्युबमा राखिएको भिडियो हटाउन माग गरिरहेका छन् ।

यसप्रति पहिलोपटक सर्जक सपुतले आफ्नो धारणा राखेका हुन् ।

यस्तो छ सपुतले राखेकाे धारणाको पूर्ण अंश :

जनयुद्ध दिवसकै दिन ‘पिर’ अभिव्यक्त गर्न चाहन्थे प्रकाश !

 

 

ताजा अपडेट

नेपालवाच विशेष